८ कार्तिक २०८१, बिहीबार

नेकपा पश्चिम कपिलवस्तद्वारा भुकम्प पीडितको लागि राहत संकलन जारी

0

कपिलवस्तु: नेपाल कम्युनिष्ट पार्टीले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुका लागि शिवराज नगरपालिकामा आइतबारदेखि राहत संकलन सुरु गरेको छ ।

नेकपाका नेता तथा कार्यकर्ताको सहभागितामा राहत संकलन सुरु गरिएको छ ।  आइतबार मात्र नगद रु. ५०००० पचास हजार पैसा राहत जम्मा भएको नेकपा पश्चिम कपिलवस्तु जिल्ला सचिव पावेल सीले जनाएका छन् । राहत संकलन टिमले लत्ता कपडा, लगायतको सामान संकलन गरेको छ ।

यसैबीच जनयुद्धका महान सहिद कुशलका बुवा वीर बहादुर सीको स्मृतिमा खडा गरिएको कोषबाट भुकम्पले जाजरकोट र पश्चिम रुकुममा घाइते भएहरुको उपचारको लागि सहयोग स्वरुप ५००० पाच हजार दिइएको छ । कोषका अध्यक्ष तिलासीले उक्त रकम सहयोग गर्ने जानकारी दिइन् ।

नेकपा पश्चिम कपिलवस्तुले आजसम्म जम्मा ७०००० हजार राहत संकलन गरिएको सचिव पावेल सीले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।