काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी उपत्यका ब्यूरोले जाजरकोट र रुकुम पश्मिका भूकम्प पीडितको लागि संकलित राहत सामग्री बुधवार पत्रकार सम्मेलन गरी सार्बजनिक गर्दैछ ।
नेपाल कम्युनिष्ट पार्टी उपत्यका व्यूरोको कार्यालय कपुरधारामा बुधवार (भोली) विहान ८ बजे पत्रकार सम्मेलनको आयोजना गर्दै जाजरकोट र रुकुम पश्मिका भूकम्प पीडितको लागि संकलित राहत सार्बजनिक गर्न लागेको हो ।
नेपाल कम्युनिष्ट पार्टी काठमाडौ ३ नम्वर जिल्लाका इन्चार्ज डिआर सीले संकलित राहत सामग्री बुधवार नै सार्बजनिक गरिने जनपत्रिकालाई जानकारी दिदै पत्रकार सम्मेलनमा सबै पत्रकारहरुलाई सहभागी हुन आग्रह पनि गरे ।
नेपाल कम्युनिष्ट पार्टी उपत्यका व्यूरोले संकलित राहत सामग्री सार्बजनिक गरेपछि पार्टीको केन्द्रीय कार्यालयलाई बुधवार नै राहत सामग्री बुझाउने जनाएको छ ।
कार्तिक १७ गते सुक्रवार राती ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिमको जिल्लामा ठुुलो जनधनको क्षति भएको थियोे ।
नेकपाले त्यस घटनाका पीडितहरुलाई केही सहयोग पुगोस् भन्ने उद्देश्यले देशभर राहत संकलनको कार्य संचालन गरेको थियो । नेकपाले राहत संकलनसंगै जाजरकोट र रुकुम पश्चिममा आफ्नो नेता कार्यकर्ताहरु खटाएर उद्धार र सहयोगको काम पनि गरिरहेको छ ।