२५ पुष २०८१, बिहीबार

नेकपा दैलेखद्धारा भूकम्प पीडितका लागि ३० हजार बढी राहत संकलन

0

दैलेख । नेपाल कम्युनिष्ट पार्टी दैलेखले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि ३० हजार बढी राहत संकलन गरेको छ ।

नेकपा दैलेखका इन्चार्ज कलम सीले भूकम्प पीडितका लागि नेकपा दैलेखले आईतवार देखि सहयोग अभियान संचलान गर्दा मंगलबार सम्म ३० हजार ५ सय ६४ नगद, २ पेटी चाउचाउ, १ पेटी विस्कुट र ६ जोड न्यानो कपडा संकलन भएको जानकारी दिएका छन ।

व्यवासायीहरुले संकलन भएको राहत पीडितहरुको हात सम्म पुगोस् भन्ने आफ्नो सदिक्षा रहेको र त्यो नेकपाले पुर्याउनेमा आफूहरु विश्वस्त रहेको बताएका छन ।

व्यवसायीहरुले विपदको वेला पीडितहरुलाई सहयोग गर्न पाउनु गौरबको विषय भएको बताएका छन । नेकपाले मंगलबार सम्म सदरमुकाम

दैलेख बजारमा राहत संकलनको काम सकेको र वुधवारबाट दुल्लुवजारमा संकलन गर्ने पनि जनाएको छ ।

यही कार्तिक१७ गते सुक्रवार राती ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुुलो जनधनको क्षति भएको थियोे ।

नेकपाले जाजरकोट र रुकुम पश्चिम जिल्लाका भूकम्प पीडितलाई संकलन गरेको राहत पार्टीको केन्द्रीय कार्यालयमा जस्ताको तस्तै बुझाएर भूकम्प पीडितलाई हस्तान्तरण गर्ने पनि जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।