५ जेष्ठ २०८१, शनिबार

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई राहत संकलन गर्दै नेकपा कञ्चनपुर 

0

कञ्चनपुर: जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कञ्चनपुरले राहत सङ्कलन अभियान सुरु गरेको छ । नेकपाले हिजो (आइतबार) देखि जिल्लाको मुख्य बजार क्षेत्र महेन्द्रनगरबाट राहत संकलन सुरु गरेको हो ।

नेकपा कञ्चनपुरका सचिव प्रकाश जप्रेलले जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितका सहयोग स्वरुप राहत सङ्कलन अभियान सुरु गरिएको बताए । सचिव  जप्रेलले भने ,“ हामीले भूकम्पले आजित भएका जनताको परिस्थितिलाई मध्यनजर गर्दै सहयोग गर्ने लक्ष्यका साथ राहत संकलन अभियान सुरु गरेका छौं , यसमा अभियानमा हामीले सबै व्यवसायी, उद्यमी , जनसमुदायलाई स्वेच्छिक सकेको सहयोग गर्न आग्रह गरिरहेका छौं ।”

नेकपाले कपडा, भाँडाकुँडा , खाद्यान्न र आर्थिक संकलन जस्ता सामग्री जम्मा गरिरहेको जनाएको छ ।  उक्त संकलन भएको राहत सामग्री नेकपाले रुकुम र जाजरकोटमा लगेर पीडितलाई बुझाउने छ ।

साथै नेकपा केन्द्रीय समितिले पनि उत्पादन गरेको २५ क्विन्टल चामल, १ लाख नगदसहित अन्य राहत सामाग्री, स्वास्थ्यकर्मी पठाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।