२३ बैशाख २०८१, आईतवार

नेकपा बाँकेद्धारा भूकम्पका घाईतेहरुलाई फलफुल वितरण

0

बाँके । नेपाल कम्युनिष्ट पार्टी बाँकेले भेरी अस्पतालमा उपचारथ भूकम्पका घाईतेहरुलाई सोमबार फलफुल वितरण गरेको छ ।

अस्पतालमा उपचारथ ४२ जना विरामीहरुलाई नेकपाले १० वटा कार्टुन फलफुल वितरण गरेको हो । नेकपाका नेता तथा कार्यकर्ताहरुले भेरी अस्पताल व्यवस्थापन समितिलाई १० वटा कार्टुन फलफुल एकमुष्ट हस्तान्तरण गरेका हुन ।

नेकपाका केन्द्रीय सदस्य रणदिप सी,शेखर सी, नायाराण सी लगायतका नेता कार्यकर्ताहरुको सहभागितामा फलफुल हस्तान्तरण गरिएको नेकपा बाँकेले जनाएको छ ।

नेकपाका नेताहरुले जाजरकोट र रुकुम पश्चिमका गएको भूकम्पका घाईतेहरुलाई विरामी वेडमै पुगेर भेटघाट तथा रेखदेख पनि गरेका छन ।

नेताहरुले विरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कसुर बाँकी नराख्न स्वास्थ्यकर्मीहरुलाई सुझाव दिएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।