३ आश्विन २०८१, बिहीबार

उद्योग वाणिज्य, सम्पर्क मञ्च र युवा संगठनले विप्लवलाई राहत सामग्री हस्तान्तरण गरे

0

 

काठमाडौं । नेकपा निकट उद्योग व्यापार संगठन, गणतान्त्रिक सम्पर्क मञ्च र युवा संगठन नेपाल उपत्यका समितिले नेकपाका महासचिव विप्लवलाई भूकम्प पीडितको लागि संकलित राहत सामग्री हस्तान्तरण गरेका छन ।

संगठनकी फ्याक्सन इन्चार्ज तथा स्थायी समिति सदस्य उमा सी (शिलु) सहितको टोलीले राहत सामग्री केन्द्रीय कार्यालय वुद्धनगरमा महासचिव विप्लवलाई हस्तान्तरण गरेका हुन ।

उद्योग व्यापार संगठनले १ सय थान महिलाले लगाउने स्विटर महासचिव विप्लवलाई हस्तान्तरण गरेको छ । यस्तै गणतान्त्रिक सम्पर्क मञ्चले १० हजार र युुवा संगठन नेपाल उपत्यका समितिले ३ रोल म्याड हस्तान्तरण गरेको हो ।

ती सबै सामग्रीहरु भुकम्प प्रभावित जिल्ला रुकुम र जाजरकोटमा भोली नेकपाका महासचिव विप्लवले लिएर भुकम्प पीडितहरुलाई हस्तान्तरण गर्ने महासचिवको कार्यालय सदस्य विमर्षले जनाएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।