३१ भाद्र २०८१, सोमबार

भुकम्प प्रभावित क्षेत्रको राहत तथा उद्वारमा नेकपाका झण्डै डेढ सय नेता कार्यकर्ता परिचालन

0

काठमाडौं: गत कार्तिक १७ गते शुक्रबार राती ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले पिडीत भएका जाजरकोट र रुकुम पश्चिम जिल्लाका भुकम्पपिडितको राहत तथा उद्वारका लागि नेकपाका झण्डै डेढ सय नेता कार्यकर्ता नियमित राहत वितरण,उद्वार,स्वास्थ उपचार तथा आधारभूत अस्थायी संरचना बनाउन सक्रियता पुर्वक लागिरहेका छन् । जाजरकोटमा नेकपा केन्द्रीय सदस्यहरु संगम सी,पौरख सी,हिमसिखर सी,योद्धा सी,कमल सी,पश्चिम जाजरकोट जिल्ला ईन्चार्ज सुर्यकिरण सी र पुर्व जिल्ला ईन्चार्ज बिराजन सी,पुर्व जिल्ला सेक्रेटरी धनजित सी,पश्चिम जिल्ला सेक्रेटरी गोविन्द सी लगायतका दर्जनौं नेता कार्यकर्ता सक्रियता पुर्वक लागिरहेका छन् ।


यस्तै रुकुमका भुकम्प प्रभावित गाउँमा नेकपा पोलिट्ब्युरो सदस्य असल सी,केन्द्रीय सदस्य सविन सी,चन्द्र सी लगायतका नेता कार्यकर्ता निरन्तर राहत वितरण र उद्वारमा लागिपरेका छन् ।
यद्यपि पिविएम असल सी आज सल्यानका प्रभावित गाउँमा पुगेका छन् । दार्मा ५ सल्यानमा रहेको असल सीको घर पनि बस्न नहुने गरि जिर्ण भएको नेकपा स्रोतले बताएको छ । प्रभावित जिल्ला जाजरकोट रुकुममा पार्टी तथा जवसका केन्द्र,ब्युरो,जिल्ला र गाउँ तहका दर्जनौं नेता कार्यकर्ता भुकम्प प्रभावित दुर्गम गाउँमा सक्रिय छन् ।


यस्तै अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश सी लगायतको टोली समेत राहत सहित जाजरकोट पुगेको छ भने यता अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव डाक्टर प्रकाश सी,पिताम्बर सी,मान्यता सी नेतृत्वको मेडिकल टोली जाजरकोटका एकदमै दुर्गम गाउँ बस्तीमा उपचारमा खटिएका छन् ।
नेकपा अभियान टोलीले भत्केका घर भित्र रहेका भाडाकुडा,लगायतका जनताका दैनिक उपभोग्य सामग्रीहरु व्यवस्थापन गरिरहेको बुझिएको छ ।
यस्तै भुकम्पबाट मृत्यु भएका सवहरुको व्यवस्थापन साथै घाटसम्म लगेर लासहरु जलाउने काममा लागिरहेका छन् ।
जनताका अस्थायी बस्ने टहरा,गाई भैसीका लागि आधारभूत गोठ,खाना पकाउने अस्थायी चुलो बनाउने र घाइतेहरुलाई मेडिकल टिम सहित उपचारमा सघाउने काममा लागिरहेका छन् ।


यता बाँकेमा राहत संकलनमा सक्रिय केन्द्रीय सदस्य रणदिप सीले भुकम्प पिडितहरुलाई चाउचाउ,बिस्कुट,चिउरा लगायतका ड्राइ फुडको व्यवस्थापनमा खटिरहेका छन् भने नेपालगन्ज तथा कोहलपुर आसपासका हस्पिटलमा रहेको बिरामीहरुका समस्यामा सहजीकरण तथा समन्वय गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।