३ आश्विन २०८१, बिहीबार

नेकपा मध्यकर्णाली ब्यूरोले १ लाख ४२ हजार बराबरको नगद र जिन्सी राहत भूकम्प पीडितलाई पठायो

0

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी मध्यकर्णाली ब्यूरोले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको लागि करिव १ लाख ४२ हजार बराबरको राहत सहयोग गरेको छ ।

ब्यूरोले १ लाख ८ हजार नगद र ३४ हजार बराबरको लत्ता कपडा,चाउचाउ,चामल विस्कुल लगायतको जिन्सी सामानहरु राहत रुवरुप सहयोग गरेको सार्बजनिक गरेको छ ।

मध्यकर्णाली व्यूरोको आज दैलेखमा बसेको तेस्रो पूर्ण बैठकमा मध्य कर्णाली व्यूरोका इन्चार्ज विवेक सीले मध्यकर्णालीका कालिकोट,दैलेख र सुर्खेत जिल्लाबाट संकलन गरिएको राहत पार्टीको केन्द्रीय कार्यालय मार्फत हस्तान्तरण गरिएको जानकारी दिएका छन ।

मध्यकर्णाली ब्युरोले कालिकोटबाट नगद ४० हजार,जिन्सी सामान करिब वीस हजार,दैलेखबाट नगद ३० हजार, जिन्सी सामान ८ हजार र सुर्खेतबाट नगद ३८ हजार ३ सय र जिन्सी सामान ६ हजार बराबरको राहत नेकपाले संचालन गरेको संकलन अभियानमा जम्मा भएको जनाएको छ ।

मध्य कर्णाली व्यूरोले भूकम्पबाट ध्वस्त जाजरकोट र रुकुम पश्चिम जिल्लामा भएको भौतिक संरचना पुनर्निर्माणका लागि ब्यूरोबाट जनशक्ति पठाउने पनि निर्णय गरेको छ । बैठकले पार्टी पूनर्गठन दिवस मंसिर ८ लाई भव्य रुपमा साताव्यापी रुपमा मनाउने निर्णय समेत गरेको छ ।

बैठकले दोस्रो आवधिक योजनाको समीक्षा गर्दै संगठनमा केन्द्रित भएर अभियान सञ्चालन गर्ने निणर्य पनि गरेको केन्द्रीय सदस्य कलम सीले जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।