३ आश्विन २०८१, बिहीबार

रुकुमको सानीभेरीमा राहत हस्तान्तरणपछि सल्यानका भुकम्प प्रभावित क्षेत्रमा विप्लव

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी रुकुमको सानीभेरी गाउँपालिकाका भुकम्प प्रभावित नागरिकलाई राहत हस्तान्तरण गरेपछि सल्यानका प्रभावितहरुलाई भेट्न दार्मा गाउँपालिमा पुग्नु भएको छ ।


रुकुमको सानीभेरीमा गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्ट,उपाध्यक्ष कमला रोक्का लगायत सहभागी पालिका प्रतिनिधिहरुलाई पार्टी द्वारा संकलित राहत हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण पछि बोल्दै महासचिव विप्लवले भुकम्पले सिङो देश अफ्ट्यारोमा परेको भन्दै यो जटिल परिस्थितिमा सबै एकजुट हुन आग्रह गर्नु भएको छ । हस्तान्तरण पछि पालिका अध्यक्ष बिष्टले यो जटिल परिस्थितिमा गाउँपालिकालाई सहयोग गर्नुभएको पार्टी महासचिव र केन्द्रीय समितिलाई धन्यवाद व्यक्त गर्नु भएको थियोे ।
नेकपाले रुकुममा झण्डै २० लाख बराबरको राहत सामग्री हस्तान्तरण गरेको केन्द्रीय सदस्य सवीन सीले बताउनु भएको छ ।
झण्डै एक करोड बराबरको राहत सामग्री लिएर कन्टेनर सहित गत शुक्रबार साझ भुकम्प प्रभावित क्षेत्र जाजरकोट पुग्नु भएका महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड जाजरकोट,रुकुम हुदै आईतवार राती सल्यान पुग्नु भएको छ ।
सोमबार सल्यानको दार्मामा भुकम्प प्रभावित बस्ती अवलोकन र राहत सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको पार्टी पिविएम असल सीले बताउनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।