४ आश्विन २०८१, शुक्रबार

जनवादी गायक खुशीराम पाख्रिनको स्मृतिग्रन्थ प्रकाशित

0

काठमाडौं । जनवादी गायक तथा जनकलाकार खुशीराम पाख्रिनको स्मृतिग्रन्थ प्रकाशित भएको छ । 

स्मृतिग्रन्थमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड),क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य (किरण),नेकपाका स्थायी समिति सदस्य अनिल विरही सी,अमेरिकी नागरिक तथा माक्र्सवादी गीतसंगीतका चिन्तक अन्नालगायत व्यक्तिहरुका महत्वपूर्ण लेखहरु समावेश गरिएका छन ।

नेपाली कम्युनिष्ट आन्दोलनमा गीतसंगीतको माध्यमबाट महत्वपूर्ण योगदान पुर्याएका पाख्रिनले सयौ जनवादी गीतहरु लेखेका छन र गायका छन ।

जनवादी गायक तथा वामपन्थी नेता मणी थापाले पाख्रिनको बारेमा स्मृतिग्रन्थको १५९ पृष्ठमा छापिएको लेखमा भनेका छन “विप्लवले नयाँ पार्टी निमार्ण गरिसकेका थिए । उनीहरुको एउटा कार्यक्रममा पाख्रिनजीको बगेको आँसुले धेरै कुराको सङके्त गर्दथ्यो । आफ्नो छोरा मर्दा आँसु नझारेका पाख्रिन त्यो दिन धरधरी रोए । एउटा कलाकारले गर्ने विद्रोह सायद त्यही पनि हुनसक्छ ।”

पाख्रिनले पञ्चालयकालदेखि जनयुद्धकाल र शान्ति प्रक्रियासम्म जनवादी गीतहरु लेख्ने र गाउने गरेर जनतामा परिर्वतनको जनचेतना जगाउने कामहरु गरेका थिए ।

चितवनको रामपुर निवासी पाख्रिनको जन्म वि.स. २०१२ सालमा भएको थियो । उनका कान्छा छोरा जनयुद्धकालमा सहिदसमेत भएका थिए ।
पाख्रिनले पनि तत्कालिन नेकपा (माओवादी)को केन्द्रीय कलाकार सामना सांस्कृति परिवारमा रहेर जनयुद्धकालभर जनताका गीतहरु गाउने कामहरु गरे ।

जनताको जनकलाकार र जनवादी गायक पाख्रिनको योगदानमा आधारित भएर स्मृतिग्रन्ध प्रकाशित भएको हो ।
स्मृतिग्रन्धको भोली एक कार्यक्रमका बिच विमोचन गरेर सार्वजनिक गरिने कार्यक्रम समेत रहेको छ । यो स्मृतिग्रन्थको प्रधान सम्पादक रामहरि श्रेष्ठ रहेका छन । जनवादी तथा जनकलाकार पाख्रिनको एकवर्ष अघि निधन भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।