४ आश्विन २०८१, शुक्रबार

महालक्ष्मी श्रेष्ठको निधनप्रति नेकपा महासचिव विप्लवद्वारा दुःख व्यक्त

0

काठमाडौं: नेपाल कम्युनिस्ट पाटीले लेखक, अनुवादक तथा कम्युनिस्ट पार्टीकी अग्रज महालक्ष्मी श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । नेकपाले शुक्रबार एक शोक वक्तव्य जारी गर्दै श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको हो ।

नेकपा महासचिव विप्लव सीले शोक वक्तव्य जारी गर्दै महालक्ष्मीकाे निधनले कम्युनिस्ट आन्दोलनमा ठूलो क्षति पुगेको बताएका छन् ।

‘नेपाल कम्युनिस्ट पार्टीकी अग्रज तथा नेपाली कम्युनिस्ट आन्दोलनका लेखक, अनुवादक कृष्णदास श्रेष्ठकी जीवन संगिनी महालक्ष्मी श्रेष्ठको कात्तिक २९ गते ८२ वर्षको उमेरमा निधन भएको छ ।’, विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँले पञ्चायतीकालको कठिन समयमा कृष्णदास श्रेष्ठसहित कम्युनिस्ट नेता–कार्यकर्तालाई ठूलो सहयोग पु¥याउनु भएको थियो । उहाँको निधनले कम्युनिस्ट आन्दोलनमा ठूलो क्षति भएको छ । यो दुःखद घडीमा हाम्रो पार्टी मृतकप्रति भावपूर्ण श्रदाञ्जली र शोकाकूल परिवारजनप्रति सहानुभूति प्रकट गर्दछ ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।