दैलेख । नेपाल कम्युनिष्ट पार्टी दैलेखले नेकपाको मङ्सिर ८ गतेको पार्टी पूनर्गठन दिवसको पूर्वसन्ध्यामा वालपेन्टिङ्ग गरेको छ ।
शुक्रवार जिल्लाको दैलेख बजार,दुल्लु बजार र कर्णाली राजमार्गको छेउछाउमा पार्टीको १० औंं वार्षिकोत्सवको अवसरमा वालपेन्टिङ्ग गरेको हो । पार्टी पूनर्गठन दिवसका अवसरमा नेकपाले साता व्यापी विभिन्न कार्यक्रम समेत आयोजना गरेको छ ।
नेकपा मध्यकर्णाली ब्यूरोले मङ्सिर १ र २ गते वालपेन्टिङ्ग, मङ्सिर ३ र ४ गते सरसफाई र मङ्सिर ६ गते कालीकोटको सदरमुकाम मान्ममा जनसभा कार्यक्रममा आयोजना गरेको छ ।
सोही कार्यक्रम अनुसार नेकपा दैलेखले शुक्रवार पार्टीका केन्द्रीय नाराहरु लेखेर वालपेन्टिङ्ग गरेको नेकपा दैलेख जिल्ला इन्चार्ज कलम सीले जनाएका छन ।
यसैगरी कालिकोटमा पनि पार्टी स्थापनाको १० औं बार्षिकोत्सवको अवसरमा वालपेन्टिङ्ग गरिएको छ । जिल्लाको सदरमुकाम मान्म,जिते लगायतका बजारमा वालपेन्टिङ्ग गरिएको नेकपा कालिकोटका पूर्वी जिल्ला सेक्रेटरी रमेश सीले जानकारी दिएका छन ।