२० पुष २०८१, शनिबार

नेकपा कालिकोटद्धारा जिल्ला अस्पतालको सरसफाई

0

कालिकोट । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले पार्टी पूनर्गठनको १० औं वार्षिकोत्सवको अवसरमा जिल्ला अस्पताल मान्मको आईतवार सरसफाई गरेको छ ।

नेकपाका केन्द्रीय नेता,जिल्ला स्तरका नेता,कार्यकर्ता,जिल्ला अस्पतालका डाक्टरहरु तथा स्वास्थ्यकर्मीहरुको सहभागितामा अस्पतालको सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा मध्य कर्णाली ब्यूरो ईन्चार्ज विवेक सी, नेकपा केन्द्रीय सदस्य तथा कालीकोट जिल्ला ईन्चार्ज बलवान् सी, नेकपा केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा कालीकोट जिल्ला सेक्रेटरी शाहासी सी, कालीकोट जिल्ला अस्पतालका डा.प्रतिमा भण्डारी,डा.सुवास लगायतका डाक्टर तथा जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।

यस्तै सरसफाई कार्यक्रममा नेकपा कालीकोट जिल्ला सचिवालय सदस्य विषम सी ,युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा ब्यूरो ईन्चार्ज मिनेश सी ,अनेरास्ववियु क्रान्तिकारीका कालीकोट जिल्ला अध्यक्ष हस्त सी लगायतका नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।
नेकपा केन्द्रीय सदस्य तथा मध्य कर्णाली ब्यूरो ईन्चार्ज विवेक सीले जिल्ला अस्पतालमा आफ्नो पार्टीले नेकपा गठनको १० औं बार्षिकोत्सवको अवसरमा सप्ताह व्यापी कार्यक्रम अन्तगत आईतवार सरसफाई गरेको बताए ।

उनले सरसफाई कार्यक्रममा सहभागी डाक्टर,स्वास्थ्यकर्मी तथा पार्टीका नेता कार्यकर्ता सबैलाई धन्यवाद दिए ।
नेता विवेकले विद्यमान संसदीय व्यवस्थाको पूर्ण असफलता भएको भन्दै वैज्ञानिक समाजवादको विकल्प विना देशको स्वास्थ्य संस्था देखि राज्यका सबै निकायमा देखिएको संकट र जनता माथिको संकट निकासमा नफेरिने ठोकुवा गरे ।

सो अवसरमा डा. प्रतिमा भण्डारीले नेकपा कालीकोटले पार्टी पूनर्गठन दिवसका अवसरमा जिल्ला अस्पताल कालीकोटलाई सरसफाई गर्ने योजना छनोट गरेकोमा धन्यवाद व्यक्त गरे ।
डा.भण्डारीले संगठित बृहत् सरसफाईले नयाँ प्रेरणा दिएको र यस्ता कार्यक्रम सबैले गरिरहनु पर्ने बताए ।

नेकपा पूर्वी कालिकोटका सेक्रेटेरी शाहासी सीले नेकपाले आफ्नो पार्टीले मंसिर ६ गते नेकपा प्रवक्ता प्रकाण्ड सीको उपस्थितिमा जनसभा गर्ने तयारी गरेको भन्दै सबैपक्षको सहयोग होस भन्ने आशा व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।