३ जेष्ठ २०८१, बिहीबार

१ हजार फुल रोपेर पार्टी कार्यालयलाई उत्कृष्ट बनाउने विचार छः शोभा आचार्य

0

कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य शोभा आचार्य नेकपाको पार्टी कार्यालय शिवगढीमा फुल रोप्नमा व्यस्त छन् ।
उनी पार्टीको केन्द्रीय सदस्य मात्र होईन पार्टी कार्यकर्ता तथा किसान जस्तै पनि छन् ।

उनले पार्टी कार्यालयको चारैतिर विभिन्न प्रजातिका फुलहरु रोपेर कार्यालयमा आउनेहरुलाई लोभलाग्दो बनाएकी छन् । उनलाई कार्यालयका अरु कार्यकर्ताले पनि सहयोग गरेका छन । तर मुख्यगरी फुलको उत्पादनमा आफै लागेकी छन ।

उनको एउटै सपना छ पार्टी कार्यालयको वरिपरी फुलै फुलको बगैचा बनाउने । उनले करिब १ हजार फुलहरु रोपेर पार्टी कार्यालयलाई उत्कृष्ट तथा नमुनायोग्य पार्टी कार्यालय बनाउने प्रतिवद्धता गरेकी छन । गृहजिल्ला हाल बाँके कोहलपुर घर भएकी आचार्य सुरुमा कैलालीको लम्की निवासी हुन । अहिले उनी केन्द्रीय कार्यालय शिवगढीमा नै बस्छन ।

हाल कार्यालयको वरिपरी करिव २५० बढी विभिन्न प्रजातिका फुलहरु रोपिएका छन । केही फुलहरु सी लेखिएका गमलामा रोपिएका छन भने केही फुलहरु कार्यालयको वरिपरी पेटीमा रोपिएका छन ।

केन्द्रीय सदस्य आचार्यले कैलाली,वुटवल र भैरहवाबाट विभिन्न प्रजातिका फुलका बेर्नाहरु ल्याएर फुलहरु रोपेको बताएकी छन् ।
उनी विहान उठने बित्तिकै फुलहरु रोप्ने,गोड्ने र फुलमा पानी हाल्ने काममा व्यस्त हुन्छन । जनपत्रिकाको टिमले उनलाई पार्टी कार्यालयमा सोमबार भेटेपछि उनी फुल रोप्नमा व्यस्त देखिन्थिन ।

उनलाई के के जातका फुलहरु रोप्नु भएको छ ? भनि सोधेपछि उनले भनिन् “यहाँ अहिले लाहुरे फुल,पातीफुल,सयपत्री फुल, रातो फुल,गुधौली फुल,बाह्रमासे फुल, लहरेफुल,मखमली फुल, धुपी सल्ला लगायतका प्रजातिका फुलहरु रोपेका छौ । यी फुलहरु कोही फुलेका छन । केही फुल्ने प्रक्रियामा छन ।”

उनले आफु विहान देखि साँझ सम्म फुलमा पानी हाल्ने,गोड्मेल गर्ने,रोप्ने कार्यमा व्यस्त हुने गरेको बताईन ।

उनले फुल भनेको सबैको लागि शोभा दिने र स्वास्थ्यको लागि पनि लाभदायिक भएको बताईन । उनले फुल भित्र पनि केही फुल मानिसको लागि आयुर्वेदिक औषधिको रुपमा प्रयोग हुने भएकाले सबैले फुलको संरक्षण गर्नु पर्ने र रोप्नु पर्ने सुझाब दिइन ।

५६ बर्षिय आचार्यले आफुले पहिले पनि सामुदायिक बन,पर्यटन प्रवद्धन,स्कुल,विधुत लगायतका विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएकाले पनि फुल सम्वन्धिको अनुभवलाई व्यवहारमा प्रयोग गरिरहेको बताईन ।

उनी नेकपाको केन्द्रीय सदस्य मात्र होईनन् सहिद परिवार पनि हुन् । उनले आफ्नो श्रीमान र १ छोरी जनयुद्धमा गुमाएकी छन् ।
उनका श्रीमान भानुभक्त आर्चाय (अविरल)को वि.स. २०५५ साल भाद्र ४ गते कैलाली चौमाला वालुवागैरा खोलामा तत्कालिन सुरक्षाकर्मीहरुद्धारा पक्राउ गरी हत्या गरिएको थियो ।

यस्तै उनका छोरी इन्द्रा आर्चाय (ज्योति)लाई पनि कलाकारमा भएको बेला २०५९ बैसाख १९ गते डोटीको छेडामा सुरक्षाकर्मीले हत्या गरेको थियो ।
सहिद परिवार शोभा अझै पनि जनयुद्धको लक्ष्य पुरा नभएको भन्दै निरन्तर क्रान्तिकारी पार्टीमा लागिरहेकी छन् । उनी छोरीको हत्या पछि पार्टीमा पूर्णकालिन भएर निरन्तर जनयुद्ध हुदै एकीकृत जनक्रान्तिमा लागिरहेकी हुन ।

उनलाई नेपालमा सहिदको सपना पुरा भएको हेर्न मन छ । शोभाले भनिन् “सहिदको सपना पुरा गर्ने कोही पार्टी छ त नेपालमा नेपाल कम्युनिष्ट पार्टी मात्र छ । म यो पार्टीको केन्द्रीय सदस्य भएपनि पार्टीले दिएको जुनसुकै जिम्मेवारी पुरा गर्न तयार छु । अहिले कार्यालयको फुल उत्पादन र गोडमेलको जिम्मा छ र म गरिरहेकी छु ।”

सहिद परिवार शोभाले जस्तो सुकै परिस्थितिमा पनि मेरो फुल प्रतिको गहिरो माया र प्रेम छ त्यसैले भएपनि यो पार्टी कार्यालयलाई उत्कुष्ट र नमुना कार्यालय बनाउने छु भनिन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।