४ आश्विन २०८१, शुक्रबार

नेकपाका कार्यकर्ता माथि आक्रमण भएको घटनामा माओवादी केन्द्र आत्मालोचित

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता माथि काठमाडौको संखरामुलमा नेकपा माओवादी केन्द्र बताउने दुई जना कार्यकर्ताले आक्रमण गरेको घटनाप्रति दुख व्यक्त गर्दै नेकपा माओवादी केन्द्र जिल्ला समिति काठमाडौ आत्मालोचित भएको छ ।

सोमवार दुई पार्टीका नेताहरु बिच भएको छलफल पछि संयुक्त वक्तव्य जारी गरी नेकपा माओवादी केन्द्र आत्मालोचित भएको हो ।
विज्ञप्तिमा नेकपा माओवादी केन्द्रले स्थानीय कार्यकर्ताले भूलबस भौतिक आक्रमण गरेको भन्दै आत्मालोचित सहित दुख व्यक्त गरेको हो ।
माओवादी केन्द्रले आगामी दिनमा यसप्रकारको घटना नदोहोरिने प्रतिवद्धता पनि व्यक्त गरेको छ । विज्ञप्तिमा दुबै पार्टीका नेताहरुले राष्ट्रियता,जनतन्त्र र जनजीविका सवालमा छलफल अनि सहकार्य अघि बढ्ने प्रतिवद्धता पनि जनाएका छन ।

विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट भृकुटी सी र नेकपा माओवादी केन्द्रका तर्फबाट महेश्वर फुयाल (विवेक)ले हस्ताक्षेर गरेका छन ।

गत मंसिर १ गते नेकपाका कार्यकर्ता एमीसीले कव्जा गरेको लप्सीफेदीको जग्गामा सशस्त्र प्रहरी र जनता विच झडप भएको विषयमा बुझन जाँदा माओवादी कार्यकर्ता बताउने दुई जनाले नेकपाका कार्यकर्ता माथि आक्रमण गरी घाईते भएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।