४ आश्विन २०८१, शुक्रबार

एमसीसी नेपालका लागि प्राणघातक रोग हो,लखेट्नुपर्छः भरत सी

0

काठमाडौंं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले एमसीसी नेपालका लागि प्राणघातक रोग भएको र यसलाई नेपालबाट लखेट्नुपर्ने बताएका छन ।

नेकपा उपत्यका व्यूरोको दोस्रो पूर्ण बैठकलाई मंगलवार सम्वोधन गर्दै बैठकका प्रमुख अतिथि समेत रहेका नेकपाका स्थायी समिति सदस्य भरत सीले यस्तो बताएका हुन ।

नेता भरत सीले काठमाडौको लप्सीफेदीमा साम्राज्यवादले एमसीसीको प्रशारणलाईन बनाउने नाममा राष्ट्रिय स्वाधीनता विपरितको कार्य गरेको बताए ।

उनले जनताको समर्थनमा एमसीसी विरुद्ध प्रतिरोध भईरहेको बेला लप्सीफेदीमा केही भिजेलान्ते गुण्डाले आफ्नो पार्टीका कार्यकर्ता माथि आक्रमण गरेकोमा आपत्ति जनाउदै उनीहरुलाई कार्वाही गर्न माग गरे । उनले लप्सीफेदीमा एमसीसी विरुद्ध प्रतिरोध गर्ने साथीहरुलाई धन्यवाद पनि दिए । नेता भरतले सी संस्कृतिले देश विदेशमा सकरात्मक प्रभाव पारेको पनि बताए ।

बैठकमा नेकपाका पोलिट व्यूरो सदस्या माईला लामाले पार्टी जनतामा अझै जान नसकेको बताए ।
उनले नयाँ जेनेरेशनलाई कम्युनिष्ट आन्दोलनमा जोडन पार्टी जनता तिर फर्काउनु पर्ने बताए ।

उनले जनताको तागत एकठाउँमा आएपछि मात्र दलाल ससदीय सत्ता समाप्त हुने र नेपालमा वैज्ञानिक समाजवाद स्थापना हुने ठोकुवा गरे ।

बैठकमा उपत्यका व्यूरो इन्चार्ज कृतिले जिल्ला स्तरबाट आएका आवधिक योजनाका रिपोटहरु सकरात्मक भएपनि अझै योजना कार्यन्यनमा क्रियाशिल रहनुपर्ने बताए । बैठक उपत्यका व्यूरो इन्चार्ज कृतिको अध्यक्षतामा बसेको हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।