४ आश्विन २०८१, शुक्रबार

महासंघको निर्वाचन तयारी केन्द्रीत निणर्य गर्दै जनपत्रकार संगठन नेपालको बैठक सम्पन्न

0

कपिलवस्तु । जनपत्रकार संगठन नेपाललको चौथो पूर्ण बैठक नेपाल पत्रकार महासंघको निर्वाचनमा जाने तयारी केन्द्रीत निर्णय गर्दै मंगलवार बेलुका सम्पन्न भएको छ ।

सोमवारबाट कपिलवस्तुको शिवगढीमा जारी चौथो पूर्ण बैठक मंगलवार बेलुका सम्पन्न भएको हो ।

बैठकले आगामी चैत्र बैसाख तिर हुने नेपाल पत्रकार महासंघको चुनावको तयारीमा संगठन जुट्ने निणर्य गर्दै बैठक सकिएको संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माले जानकारी दिएका छन ।

महासंघको निर्वाचन केन्द्रीय तयारीका लागि संगठनका सचिव बसन्त विकको संयोजकत्वमा एक समिति बनेको छ ।
बैठकले उत्पादनको कार्यमा केही पहल गर्ने निणर्य पनि गरेको छ ।

बैठकमा विभिन्न विभागहरु समेत गठन गरी पदाधिकारीहरु तथा केन्द्रीय सदस्यहरुलाई ठोश जिम्मेवारी समेत दिएको जनाईएको छ । बैठकले संगठनको केन्द्रीय समितिमा केही आवश्यक थपघट समेत गरेको  छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।