४ आश्विन २०८१, शुक्रबार

नेपालमा पश्चगमनको खतराबाट जोगिन समाजवाद चाहिन्छः विप्लव सी

0

कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा पश्चगमनको खतरा भएको खुलासा गरेका छन । उनले पश्चगमनको खतराबाट जोगिन नेपालमा समाजवाद अनिबार्य शर्त भएको बताएका छन ।

जनपत्रकार सङ्गठन नेपालको चौथो पूर्ण बैठकलाई मंगलवार कपिलवस्तुको शिवगढीमा सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन ।

उनले दुर्गा प्रसाई जस्ता राजावादीहरुको चलखेल तर्फ इङ्गीत गर्दै नेपालमा पश्चगमनको खतरा जीवित रहेको औल्याए । महासचिव विप्लवले भने “नेपालमा पश्चगमनको खतरा छ । अमेरिका र भारतले सहयोग गरेमा प्रतिगमनको खतरा हुन सक्छ । यसबाट जोगिन अग्रगमनको निकास दिने व्यवस्था समाजवादी व्यवस्था हो । त्यहाँ जानु पर्छ ।”

महासचिव विप्लवले नेपालका सबै कम्युनिष्ट,माओवादी,वामपन्थी,वुद्धिजीवी तथा देशभक्त शक्तिहरु एकतावद्ध भएर प्रतिगमनका विरुद्ध काँध थापेर लडनुपर्ने बताए ।
उनले भने “प्रतिगमन सजिलै हुने सम्भावना त छैन तर सचेत नहुने हो भने अग्रगामी शक्तिहरु एक नहुने हो भने त्यो सम्भावना हुन सक्छ ।”
महासचिव विप्लवले पत्रकारहरु जनताको पत्रकार हुन र साम्राज्यवादी षड्यन्त्रका विरुद्ध लेख्ने पत्रकार हुन आग्रह गरे ।

दलालपूँजीवाद र साम्राज्यवादले नेपाली जनता माथि गरिरहेको शोषण, दमन र हस्तक्षेपका विरुद्ध अग्रमोर्चा कलमबाट लड्न पत्रकारहरुलाई निर्देशन दिए ।

महासचिव विप्लवले नेपाली जनता र देशको संकटको अबको निकास नेपाल कम्युनिष्ट पार्टी विकल्पमा देखिएको भन्दै पार्टीले देशको नेतृत्व लिनुपर्ने जिम्मेवारी काँधमा आएको समेत बताए ।

उनले पत्रकार संगठन आत्मनिर्भर संगठन बन्नुपर्ने भन्दै संस्थागत र निजी मिडियाहरुलाई व्यवस्थित पार्न अहिलेको सूचना प्रविधिलाई समात्न सुझाव दिए ।

बैठकमा नेकपाका स्थायी समिति सदस्य अनिल सीले पत्रकारका समस्याहरुको समाधानका लागि सक्दो पार्टीले सहयोग गर्ने आश्वासन दिए ।

उनले संगठनका सबै पदाधिकारी र केन्द्रीय सदस्यहरुले आफ्नो दायित्व अनुसार कामहरु पुरा गर्न पनि आग्रह गरे । बैठकमा जनपत्रकार सगठनका सल्लाहकार समिति सदस्य राजेन्द्र सीले संगठन चुस्त दुरुस्त बनाउन सुझाव दिए ।  सोमबारवाट जारी बैठक आज सकिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।