३ आश्विन २०८१, बिहीबार

१० औं पार्टी पूनर्गठन दिवस विभिन्न कार्यक्रमका बिच भव्य रुपमा मनाईदै

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले आफ्नो १० औ पार्टी पूनर्गठन दिवस विभिन्न कार्यक्रमका बिच भव्य रुपमा मनाउदै छ ।

नेपाल कम्युनिष्ट पार्टी पूनर्गठनको मंसिर ८ गते १० औ बर्ष पुरा भएको अवसरमा नेकपाले भव्यताका साथ विभिन्न कार्याक्रमका बिच पूनर्गठन दिवस मनाउन लागेको हो ।

नेकपाको केन्द्रीय कार्यालयका अनुसार पार्टी पूनर्गठन दिवसका अवसरमा मंसिर ६ गते देशभर प्रचार र वालिङ्ग, मंसिर ७ गते पाका कम्युनिष्टहरुलाई सम्मान, मंसिर ८ गते देशभर अन्तरक्रिया,गोष्ठी र सभा गरिने छ ।

यस्तै नेकपाले मंसिर ८ गते साँझ देशभर दिपावली गरेर पार्टी पूनर्गठन दिवस भव्य रुपमा मनाउन मातहतका कमिटीहरुलाई निर्देशन समेत दिएको छ । मंसिर ८ गते जनमुक्ति सेना स्थापना दिवस पनि हो ।

यहि दिनलाई आधारमानि तत्कालिन वैद्य नेतृत्वको नेकपा माओवादीबाट अलग भएर विप्लवको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी गठन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।