३० कार्तिक २०८१, शुक्रबार

नेकपाका प्रवक्ता प्रकाण्डद्धारा आफ्ना ८० बर्षिय बुवाको हातबाट आर्शिवाद ग्रहण

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले लामो समय पछि आफ्ना ८० बर्षिय बुवा पहले विश्वकर्माको हातबाट सोमवार टिका लगाएर आर्शिबाद ग्रहण गरेका छन ।

यही मंसिर ६ गनेको मान्ममा आयोजित जनसभालाई सम्वोधन गर्न गृह जिल्ला कालिकोट पुगेका प्रवक्ता प्रकाण्ड सी मंसिर ८ गते जन्मस्थान माल्कोट गाउँ पुगेपनि बुवा लेकतिर बस्ने भएकाले भेट भएको थिएन । “

सोमबार प्रवक्ता सहितको टिम बुवा बस्दै आएको ठाँउ माल्कोटको लेक महादेब भन्ने ठाउँमा पुगेर ८० बर्षिय बुवाको हातबाट प्रवक्ता प्रकाण्ड सहितको टिमले टिका तथा आर्शिबाद ग्रहण गरेको हो ।

टिका लगाएर आर्शिबाद दिएका ८० बर्षिय बुवा पहलेले नेपालको अधुरो क्रान्ति पुरा गर्ने अभियानमा छोरा लागेकोमा गर्भ गर्दै खुसी व्यक्त गरे ।
८० वर्षिय बुवा विश्वकर्माले नेपाली जनताको अधुरो क्रान्ति पुरा गर्न एक्लै लागेर नहुने र नेपालका सबै क्रान्तिकारीहरु एकभएर लाग्न सुझाव दिए । उनले भने “यो व्यवस्थामा जनताको सत्ता छैन र आउदैन । तपाईहरु एक्लै लडेर पनि हुदैन । सबै क्रान्तिकारीहरुलाई एक बनाएर दलाल संसदयीय व्यवस्थाका विरुद्ध लड्नु र जनताको सत्ता ल्याउनु ।”

मंसिर ८ गते माल्कोट पुगेका प्रबक्ता प्रकाण्ड माल्कोटगाउँमा विभिन्न भेटघाटमा व्यक्त भएकाले बुवालाई भेटन पाएका थिएनन् । प्रवक्ता प्रकाण्ड सहितको टिम आज साँझ मात्र बुवा बस्ने लेकमहादेव भन्ने ठाउँमा पुगेको छ ।

८० बर्सिय बुवा पहलेले अहिले पनि आफै २ वटा भैंसी पालेर लेकमा बसेका छन । बुबालाई सघाउन र हेरचाह गर्नको लागि साथमा छोरी सर्मिला सीले मदत गरेकी छन ।

बुवा पहलेका तीन छोरा मध्य जेठो छोरा हाल नेकपाका प्रवक्ता प्रकाण्ड सी हुन । माईला छोरा जनमुक्ति सेनाका तत्कालिन विग्रड भिसी अमर बहादुर विश्वकर्मा (योद्धा) हुन भने कान्छा छोरा तत्कालिन छापामार कमाण्डर सिंहबहादुर विश्वकर्मा (कोपिला) हुन ।

जनयुद्धकालमा दुबै छोरा सहिद भएका छन । विग्रेड भिसी माईला योद्धा २०६० साल चैत्र ७ गते बेनीसदरमुकाम कव्जाको बेला लड्दा लडदै सहिद भए भने कान्छा छोरा कोपिला २०५७ साल जेठ २ गतेको दोहोरो भिडन्तका क्रममा कालिकोटको मुम्रामा सहिद भएका थिए ।

यस्तै बुवा पहलेका दुईछोरी मध्य जेठी छोरी गोरीकला विक पनि एकहोनहार क्रान्तिकरी महिला नेतृ र कालिकोट जिल्ला इन्चार्ज थिईन ।
उनको शान्तिकालमा घरमै दुर्घटनामा परेर निधन भएको थियो । कान्छि छोरी सर्मिला पनि जनयुद्धकालमा भूमिगत थिईन । अहिले भने वृद्ध वुवालाई घरमा सघाईरहेकी छन ।

सर्मिलाका श्रीमान रमेश सी भने अहिले पूर्वी कालिकोट जिल्लाका सेक्रेटरी छन । एउटा क्रान्तिकारी छोरा र छोरीहरुको जन्मदिने ८० बर्षिय बुवाको भने अझै पनि जोस र जाँगरमा कमी छैनन् ।

जेठा छोरा प्रकाण्ड सी तीन तीन पटक मन्त्री समेत भइसकेका छन भने कालिकोट जिल्लाबाट भारी मत ल्याएर पहिलो पटक २०६४ सालमा संविधान सभा सदस्यमा विजय प्राप्त गरेका थिए । एक क्रान्तिकारी तथा क्रान्तिकारी छोरा छोरीको जन्मदिने बुवासंग लामो समय पछि भेटन पुगेका जेठा छोरा प्रकाण्ड अहिले नेकपाको स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता समेत रहेका छन ।

बुवा पहलेका जेठा छोराका छोरा अथवा नाती नरेन्द्र सी पनि नेकपाको केन्द्रीय सदस्य छन । आज साँझ एउटा क्रान्तिकारी छोरा सहितको टिम लेकमै भेटन पुगेपछि ८० बर्षिय बुवा पहले भने धेरै खुसी देखिएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।