४ आश्विन २०८१, शुक्रबार

कैलालीका मिटर ब्याजी शेख मुनिर अहमद खान पक्राउ

0

कैलाली । धनगढीका कुख्यात मिटर ब्याजी शेख मुनिर अहदम खानलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख देवेन्द्र बहादुर पालका अनुसार उनलाई जिल्ला प्रशासन कार्यालय कैलालीबाट आइतवार पक्राउ गरिएको हो ।
गाडी कब्जा गरेको अभियोगमा अहमद खानलाई बयानका लागि जिल्ला प्रशासन कार्यालय कैलाली पुगेको अबश्थामा उनलाई त्यहीबाट नियन्त्रण गरिएको प्रहरीले बताएको छ ।

कैलालीका प्रहरी प्रमुख पालले एक जनाको गाडी कब्जा गरेको आरोपमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको जानकारी गराए ।

उनको नाममा जग्गा कब्जा, ठगी, मिटरव्याज, जग्गा हडपेको, चेक अनादर,अभद्र व्यवहार लगायतका दर्जनौं मुद्दा दर्ता भएको प्रहरीले जानकारी गराएको छ ।

केही समय अघि धनगढीकै मुस्लिम समुदायमा दङ्गा गराएको आरोपमा प्रहरीले उनलाई पक्राउ पर्ने भए पछि भागेर लुक्दै आएका थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा राखिएको प्रहरीले जानकारी गराएको छ । उनका पुराना मुद्धाको फाइलहरु खोल्न सुरु गरेको कैलालीका प्रहरी प्रमुख पालले जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।