४ आश्विन २०८१, शुक्रबार

प्रतिगमनको खतरा रोक्न कम्युनिस्ट क्रान्तिकारीहरू एकताबद्ध हुनुपर्छः शुशिल सी

0

हुम्ला । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य शुशिल सीले प्रतिगमनको खतरा रोक्न नेपालमा भएका सबै कम्युनिस्ट क्रान्तिकारीहरू एकताबद्ध हुनुपर्ने बेला आएको बताएका छन ।

सोमवार ओदानचुलीगाउँ पालिकाकामा सुरु भएको समाजवादी अभियानको कोणसभालाई सम्वोधन गर्दै स्थायी समिति सदस्य शुशिल सीले यस्तो कुरा बताएका हुन ।

उनले नेपालका कम्युनिष्ट क्रान्तिकारीहरु एक नहुने हो भने नेपालमा प्रतिगनको खतरा देखिएको ठोकुवा गरे । नेता शुशिलले अहिलेको संकट र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सबै कम्युनिष्ट क्रान्तिकारी,प्रगतिशील तथा देशभक्तहरु शक्तिहरु एकठाउँमा आएर समाजवादमा जानुको विकल्प नभएको बताए ।

उत्तर कर्णाली ब्यूरोका इन्चार्ज संगम सीले हुम्ली जनता र हिमाल पहाडमा रहने सम्पूर्ण नागरिकहरु समाजवादी क्रान्तिका लागि तयार हुन अपिल गरे ।

उनले भ्रस्टाचारी,कालोबजारी,दलाली,कमिशनखोरहरुलाई नेकपा सहित जनताले कडा कार्वाही गर्ने चेतावनी दिए ।

नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य निर्माण सीले ऐतिहासिक परिवर्तनको जनयुद्ध,जनआन्दोलन र एकीकृत जनक्रान्तिमा हुम्ली जनताको ठुलो योगदान रहेको भन्दै कर्णालीका जनताको सपना पुरा गरेर छोड्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमको नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा हुम्ला जिल्ला सेक्रेटरी बिश्व दिप सीले सञ्चालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।