४ आश्विन २०८१, शुक्रबार

उत्तर कर्णाली ब्यूरोमा समाजवादी मार्च अभियान सुरु

0

हुम्ला । नेपाल कम्युनिष्ट पार्टी उत्तर कर्णाली ब्यूरोले पार्टी पूनर्गठनको दिन मंसिर ८ गते बाट समाजवादी मार्च अभियान सुरु गरिएको छ ।

मुगुबाट सुरु गरिएको अभियानमा नेकपाका स्थायी समिति सदस्य शुशिल सी र उत्तर कर्णाली व्यूरो इन्चार्ज संगम सीको प्रत्यक्ष नेतृत्व छ ।

अभियान टिम हुम्लाको सर्केगाड हुदै ओदानचुली पुगेको छ । अभियानमा देशको वर्तमान संकटको समाधान समाजवाद भन्दा अर्को विकल्प नभएको जनतामाँझ प्रष्ट्याईएको छ ।

अभियान टिममा हुम्ला जिल्ला इन्चार्ज क्षितिज सी,मुगु जिल्ला इन्चार्ज समाज सी,प्रभात जनसाँस्कृति परिवारको टिम,प्रतिनिधि समिति सदस्य निमार्ण लगायतका दर्जनौ नेता तथा कार्यकर्ताहरुको सहभागीता छ ।

अभियान टिमले जनताको घरदैलोमा पुगेर भेटघाट गरेको छ । टिमले जनतासंगको भेटघाटमा दलाल संसदीय पूँजीवादी व्यवस्था देशको मुख्य बाधक भएको भन्दै यसको अन्त्य गरी नेपाली बिशेषताको समाजबाद ल्याउने दिशामा गोलवन्ध हुन जनतालाई अपिल गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।