४ आश्विन २०८१, शुक्रबार

माल्कोट औपचारिक रुपमा ‘सी गाउँ’ घोषित,प्रवक्ता प्रकाण्डद्धारा ऐतिहासीक गाउँको उद्घोष

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले माल्कोट गााँउलाई आजबाट औपचारिक रुपमा ‘सी गाउँ’ घोषणा गरेका छन ।

नेकपा कालिकोटले सेरापाटा माल्कोटमा आयोजना गरेको भव्य जनसभा मार्फत अहिले केहीबेर अगाडि औपचारिक रुपमा ‘सी गाउँ’ घोषणा गरेका हुन ।
प्रवक्ता प्रकाण्डले माल्कोट हिजो पनि ऐतिहासीक गाउँ भएको बताए । उनले आज पनि ऐतिहासीक गाउँ भएको र भोली पनि ऐतिहासीक गाउँ हुने विश्वास व्यक्त गरे ।

उनले जनयुद्धको बेला महिलाद्धारा प्रहरीका हतियार खोसेर ऐतिहासीक भएको र आज सी गाउँ घोषणा गरेर थप ऐतिहासीक गाउँ भएको भन्दै खुसी व्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रवक्ता प्रकाण्ड कार्यक्रमलाई यो समाचार तयार पार्दा सम्म सम्वोधन गरिरहेका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।