४ आश्विन २०८१, शुक्रबार

माल्कोटलाई ‘सी गाउँ’ घोषणा गर्ने कार्यक्रम सुरु

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले भब्य सांस्कृतिक कार्यक्रम सहित माल्कोटलाई सी गाउँ घोषणा गर्ने कार्यक्रम तीन बजेबाट सुरु गरेको छ ।

कार्यक्रमस्थल सेरापाटा स्थिति नन्दादेवी माध्यमिक विद्यालयको प्राङगडमा झाँकी,नारा जुलुस सहित जनताको भव्य सहभागिता रहेको छ ।

नेकपाका प्रवक्ता प्रकाण्ड कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएका छन । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य विराट सी, विवेक सी,बलवान सी लगायतका नेताहरुको आतिथ्यता रहको छ ।

यस्तै सी गाउँ घोषणा कार्यक्रममा विभिन्न पार्टीबाट आएका प्रतिनिधिहरुको पनि आतिथ्यता रहेको छ ।

नेकपाका प्रवक्ता प्रकाण्डले माल्कोट गाँउलाई अहिले केही समय भित्रै सी गाउँ घोषणा गर्ने कार्यक्रम छ । अहिले कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधिहरुले कार्यक्रम सफलताको शुभकामना मन्तव्य दिइरहेका छन । कार्यक्रम जारी छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।