४ आश्विन २०८१, शुक्रबार

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सुरु

0

कपिलबस्तु । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को तेस्रो पूर्ण बैठक आजबाट कपिलवस्तुको शिवगढीमा सुरु भएको छ ।

नेकपाका महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा बैठक सुरु भएको हो ।बैठकमा नेकपाका स्थायी समिति सदस्य सन्तोस सी,शिलु सी लगायतका नेताहरको पनि आतिथ्यता रहेको छ ।

बैठकमा देशभरका किसान महासंघका केन्द्रीय सदस्यहरुले आ–आफ्नो कार्यक्षेत्रको रिपोर्ट पेश गरिरहेका छन ।

रिपोर्ट पेश गर्नेक्रम सकिएपछि महासचिव विप्लवले बैठकलाई सम्वोधन गर्ने बताईएको छ । बैठक अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा बसेको छ । बैठकमा अहिले रिपोर्ट पेश हुनेक्रम जारी छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।