४ आश्विन २०८१, शुक्रबार

नेकपाका महासचिव विप्लव सी केन्द्रीय कार्यालयको मुख्य प्रवेशद्धार बनाउने काममा व्यस्त

0

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी सहितको पार्टी केन्द्रीय कार्यालयको टिम पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुको मुख्य प्रवेशद्धार बनाउने काममा विहिवार व्यस्त भएको छ ।

केन्द्रीय कार्यालयको मुख्य प्रवेशद्धार बनाउने काममा महासचिव विप्लव सहित केन्द्रीय कार्यालय र सचिवालयको टिम सहभागी भएको हो ।

महासचिव विप्लवले एक हप्ता भित्रै केन्द्रीय कार्यालयमा नयाँ नमुना गेट निमार्ण गर्ने प्रतिवद्धता गर्दै निमार्ण कार्यमा व्यस्त भएका हुन ।

काममा खटिएका महासचिव विप्लवसंंगै नेता कार्यकर्ताहरुले कम्युनमा पालेको बङगुर काटेर भात मासु खादै श्रम गरिरहेका छन ।

कार्यालयको मुख्य प्रवेशद्धार बनाउने काममा महासचिव विप्लव सीसंगै,पिबिएम बिजय सी, बिगुल सी, विमर्श सी, धु्रव सी,रमेश सी,मिलन सी,लगायतका नेता कार्यकर्ताहरुको सक्रिय सहभागीता छ ।

महासचिव विप्लव सीले श्रम गर्दै श्रम नै देश निमार्णको मुख्य शक्ति भएको बताएका छन । उनले देशको जनशक्ति यसरी श्रममा सहभागी हुने हो भने देशको बिकाश असम्भव नहुने बताए ।

उनले समाजवादी राज्यब्यबस्थामा देशका युवाहरुले राज्यको श्रमअभियानमा भाग लिने हो भने रोजगारीको लागि नेपाली युवाहरु विदेश जान नपर्ने बताए । महासचिव विप्लवले कार्यालयको प्रवेशद्धार एक हत्ता भित्रै तयार गर्ने लक्ष्य लिएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।