४ आश्विन २०८१, शुक्रबार

अमेरिका र भारतले नेपालमाथि आँखा गाडेकाले देश गम्भीर संकटमा छः अनिल सी

0

ललितपुर । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले अमेरिका र भारतले नेपालमाथि आखाँ गाडेकाले देश गम्भीर संकटमा परेको बताएका छन ।

नेकपा ललिपुर र भक्तपुरको संयुक्त पार्टी प्रशिक्षण कार्यक्रमलाई विहिवार ललितपुरको लगनखेलमा प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै स्थायी समिति सदस्य अनिल सीले यस्तो कुरा बताएका हुन ।

उनले विश्वका दुई ठूला शक्ति केन्द्रले नेपाल माथि आँखा गाडेकाले नेपाल रहने की नरहने भन्ने सम्मको गम्भीर संकट आएको खुलासा गरे ।
स्थायी समिति सदस्य अनिलले भने “विश्वको महाशक्ति बन्ने योजनामा रहेको चीनलाई घेर्न अमेरिकालाई नेपालको हिमाल चाहिएको छ ।

भारतलाई हाम्रो तराई चाहिएको छ । त्यसैले नेपाल रहने की नरहने भन्ने गम्भिर खतरा छ । परिस्थिति अनुकूल बने सुदूपश्चिम र कर्णालीलाई समेत आफनो बनाउने दाउमा भारत छ ।”

उनले नेपालको संकट समाधानका लागि क्रान्तिकारी,कम्युनिष्ट,प्रगतिशील र देशभक्त शक्तिहरु एक भएर दलाल पूँजीवादका विरुद्ध संघर्ष गर्दै समाजवादी व्यवस्थामा जानुपर्ने बताए ।

नेता अनिल सीले अमेरिकी साम्राज्यवाद र भारतीय बिस्तारबादसंग लड्ने नैतिक तागत अरु कोही राजनीतिक दलहरुसंग नरहेको भन्दै त्यस बिरुद्ध लड्न सक्ने शक्ति नेपाल कम्युनिष्ट पार्टी मात्रै भएको जिकिर गरे ।

कार्यक्रममा अतिथि नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज कृति सीले राजनीतिक र आर्थिक क्षेत्रमा नयाँ भिजन दिएर अगाडि बढ्न सक्ने पार्टी नेकपा भएको भन्दै आफ्ना नेता कार्यकर्ताहरुलाई सोही अनुसार निर्देशन दिए ।

ब्यूरो पार्टीले गरेको उत्पादनको कामबाट पार्टीलाई राम्रै नाफा भएको भन्दै नेता कृतिले जिल्ला र स्थानीय पार्टीले पनि आफनो अनुकूलको योजना बनाई लागू गर्न आग्रह गरे । उनले उपत्यका ब्यूरोले थप उत्पादनका योजना बनाई लागु गर्ने चरणमा रहेको पनि जानकारी दिए ।

प्रशिक्षण कार्यक्रममा ललितपुर र भक्तपुर जिल्लाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता ललितपुर जिल्ला इन्चार्ज विपिन सी ले गरेका थिए भने कार्यक्रमको सञ्चालन भक्तपुर जिल्ला इन्चार्ज विजय सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।