४ आश्विन २०८१, शुक्रबार

काठमाडौं ३ नम्वर जिल्लामा जनसम्बन्ध विस्तार अभियानको उद्घाटन

0

काठमाडौ । नेकपा ३ नम्वर जिल्ला समिति काठमाडौले जनसम्वन्ध विस्तार अभियानको विहिवार उद्घाटन गरेको छ ।

जिल्लाको चन्द्रागिरी नगरपालिका ३ थानकोटमा एक कार्यक्रमको आयोजना गरी जनसम्वन्ध विस्तार अभियानको नेकपाका पिविएम बन्धु सीले पानसमा बत्ति बालेर उद्घाटन गरेकी हुन ।
पिविएम बन्धु सीले अभियानको उद्घाटन गर्दै नेपालमा दलाल संसदीय व्यवस्थाको विकल्प दिन सक्ने पार्टी नेपाल कम्युनिष्ट पार्टी मात्र भएको बताईन ।उनले अहिलेको संकटको निकास नेपाली विशेषताको समाजवाद मात्र भएको ठोकुवा गरिन् ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को अध्यक्ष समेत रहेकी बन्धुले संसदीय व्यवस्थाका दलालहरुले एमसीसी भित्र्याएर नेपाललाई नवउपनिवेश बनाउन लागेको उल्लेख गर्दै नेपाली जनताले एमसीसीलाई कुनैपनि हालतमा स्वीकार गर्न नसक्ने जिकिर गरिन ।

उनले भनिन् “एमसीसीलाई सडकवाटै खारेज गर्नुपर्छ र नेपाललाई स्वाधीन देश बनाउनु पर्छ ।”

कार्यक्रममा ३ नम्वर जिल्ला इन्चार्ज डिआरसीले माघ सम्म चल्ने जनसम्वन्ध विस्तार अभियानमा १०० वटा जनवर्गीय संगठन बनाउने र ५० पार्टी सदस्य थप्ने लक्ष्य रहेको बताए ।

उनले जनसम्वन्ध विस्तार अभियानमा मुख्य गरी जनसम्वन्ध,जनसंगठन र जनभेटघाटका कामहरु हुने पनि बताए ।
अभियानका लागि २ वटा टिम गठन गरिएको छ । नागार्जुन नगरपालिकाका लागि रकम सीको कमाण्ड र रकु सीको सहाय कमाण्डमा १३ जनाको टिम गठन गरिएको छ ।

यस्तै चन्द्रागिरी नगरपालिकाका लागि श्याम सीको कमाण्ड र सन्तोसी सीको सहायक कमाण्डमा १८जनाको अभियान टिम गठन गरिएको छ । अभियानको उद्घाटनका अवसरमा चन्द्रागिरी नगरपालिकामा सम्झाना तामाङको संयोजकत्वमा अखिल क्रान्तिकारीको नगर विद्यार्थी संगठन समेत गठन गरिएको नेकपाले जनाएको छ ।

अभियान टिमलाई कार्यक्रमका प्रमुख अतिथि बन्धु र अतिथि डिआरसीले अविर लगाएर टिम घोषणा गरेका थिए ।
प्रमुख अतिथि बन्धुले अभियानको लक्ष्य अनुसार जनताका बिचमा जान निर्देशन दिइन । अभियानको उद्घाटन कार्यक्रममा जनपत्रकार संगठनका हिमचुली,श्याम लगायतका अन्य व्यक्तिहरुको पनिआतिथ्यता रहेको थियो । दिव्य सीको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रमको संचालन रकम सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।