४ आश्विन २०८१, शुक्रबार

उत्पादन र संगठन सुुदृढ गर्ने निर्णय गर्दै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को बैठक सम्पन्न

0

कपिलवस्तु । कृषि उत्पादनमा जोड दिदै संगठन सुुदृढ र विस्तार गर्ने निर्णय गर्दै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारीको बैठक विहिवार साँझ सम्पन्न भएको छ ।

कपिलवस्तुको शिवगढीमा विहिवार विहानबाट सुरु भएको बैठक उत्पादन र संगठन सुुदृढ गर्ने निर्णय गर्दै साँझ सम्पन्न भएको हो ।

बैठकले देसैभरी संगठन सुदृढ र विस्तार गर्ने, संगठनको केन्द्रीय उत्पादनमा ६ देखि १० बिगाह जमिन लिजमा लिएर उत्पादनको काम गर्ने, आधुनिक प्रविधिको अध्ययन गर्दै नयाँ तालिममहरु आयोजना गर्ने, अध्यक्षको नेतृत्वमा ५ जनाको अध्ययन अनुसन्धान टिम गठन गर्ने निर्णय गरेको छ ।

संगठनले उत्पादनका लागि अध्यक्ष कालीबहादुर सीको कमान्डमा ज्वाला सी र केशव सी नियमित उत्पादन विभागमा रहने र केन्द्रीय सदस्यहरु पनि पालोपाली उत्पादनको काममा जोडिने निर्णय गरेको छ । संगठनले उत्पादनका लागि धान खेतिसंगै माछा पालन,तरकारी खेति, पशुपालन जस्ता कामहरु गर्नेछ

बैठकका प्रमुख अतिथि नेकपाका महासचिव विप्लवले किसानहरु आधुनिक किसानमा रुपान्तरण भएकाले किसान संगठन पनि नयाँ हुनुपर्ने बताए ।
उनले किसान संगठनले नेपालमा सानो (टुक्रे) उत्पादन र वृहत व्यवसायीक उत्पादन गर्ने दुवै खालका किसानसम्म संगठन विस्तार गर्नुपर्ने बताए ।

महासचिव विप्लवले दलाल संसदीय व्यवस्थाले नेपाली किसानहरुका समस्या समाधान गर्न नसक्ने भन्दै समाजवादी व्यवस्थामा मात्र नेपाली किसानहरुका समस्या समाधन हुने बताए ।

महासचिव विप्लवले नेपाल कृषि प्रधान देश भएर पनि विदेशबाट खाद्यन्न आयात गर्ने कुरा दलाल व्यवस्थाका कारण भएको ठोकुवा गरे ।
बैठकमा नेकपाका स्थायी समिति सदस्य सन्तोस सी,फ्यासन इन्चार्ज शिलु सी पिबिएम बिजय सी केन्द्रीय कार्यालय सचिव दिनेश सी लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो । बैठकको अध्यक्षता संगठनका केन्द्रीय अध्यक्ष कालीबहादुर सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।