४ आश्विन २०८१, शुक्रबार

नेकपा कालिकोटको संयुक्त बैठक सम्पन्न

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी पूर्वी र पश्चिम कालिकोटको संयुक्त बैठक आज सम्पन्न भएको छ । जिल्लाको माल्कोटमा नेकपाका प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यतामा विहिवार देखि जारी दुबै जिल्लाको संयुक्त बैठक सुक्रवार सम्पन्न भएको हो ।

बैठकले पछिल्लो दुई महिने वाकी रहेको आवधिक योजना सक्रियतापूर्वक कार्यान्वय गर्ने निणर्य गरेको छ । बैठक विहिवार नै सकिने भनिएपनि जिल्ला समितिका सदस्यहरुले राख्ने रिपोर्ट लम्बिएकाले बैठक आज मात्र सकिएको हो ।

बैठकमा नेकपाका केन्द्रीय सदस्य विराट सी,नेकपाका केन्द्रीय सदस्य तथा मध्यकर्णाली ब्यूरो इन्चार्ज विवेक सी,नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलवान सी लगायतका अतिथिहरुको सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।