६ जेष्ठ २०८१, आईतवार

नेकपाका प्रवक्ता प्रकाण्ड सीद्धारा नन्दादेवी माविको नयाँ भवनको उद्घाटन

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले माल्कोटको सेरापाटामा रहेको नन्दादेवी माध्यमिक विद्यालयको नयाँ भवनको उद्घाटन गरेका छन ।

शुक्रबार आयोजित एक औपचारिक कार्यक्रमका बिच श्री नन्दा देवि माध्यमिक बिद्यालयको नयाँ भवनको ब्यानर खोलेर उद्घाटन गरेका हुन । प्रवक्ता प्रकाण्डले पार्टीको तर्फबाट विद्यालयलाई ५० हजार नगद समेत हस्तान्तरण गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रवक्ता प्रकाण्डले उद्घाटनका अवसरमा शिक्षा निशुल्क,सर्वसुलभ र ब्यवहारिक हुनुपर्ने बताए ।

उनले दलाल संसदीय व्यवस्थामा शिक्षा निशुल्क,सर्वसुलभ र ब्यवहारिक हुन नसक्ने भन्दै समाजवादमा मात्र शिक्षा पूर्ण रुपमा निशुल्क,सर्वसुलव र व्यवहारिक हुने दाबी गरे ।

उनले नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्र पनि दलालहरुको हातमा रहेको जिकिर गरे ।
प्रवक्ता प्रकाण्डले नेपालमा राजनीति,आर्थिक,सामाजिक,सांस्कृतिक लगायतका सबै क्षेत्र निश्चित दलालहरुले कव्जा गरेका कारण जनताले दुख पाउनु परेको बताए ।

उनले सबै समस्याको जड दलाल संसदीय व्यवस्था भएको भन्दै दलाल संसदीय व्यवस्थाको अन्त्य गरेर नेपालमा बैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य विराट सी,नेकपाका केन्द्रीय सदस्य तथा मध्य कर्णाली ब्यूरो इन्चार्ज विवेक सी,केन्द्रीय सदस्य बलवान सी लगायतका नेता कार्यकर्ता,विद्यालय परिवार तथा जनताको सहभागिता रहेको थियो ।  विद्यालयको भवन प्रदेश सामाजिक विकास मन्त्रालयको ४० लाख आर्थिक सहयोगमा निमार्ण भएको थियो ।

स्मरणरहोसःजनयुद्धकालमा २०५८ साल फागुन महिनामा तत्कालिन सरकारका सुरक्षाकर्मीले यो विद्यालयलाई माओवादीले चलाएको विद्यालय भन्दै आगजनी गरेका थिए । तत्कालिन नेकपा (माओवादी)ले विद्यालयको नयाँ तथा नमुनायोग्य भवन निमार्ण गरेर निरन्तर विद्यालय संचालन गरेको थियो । अहिले पनि यो विद्यालयलाई राज्यका निकायहरुले फरक दृष्टिकोणबाट हेर्नेगर्छन । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।