६ जेष्ठ २०८१, आईतवार

नेकपाका प्रवक्ता प्रकाण्डद्धारा नन्दादेवी माविलाई ५० हजार नगद सहयोग

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले माल्कोटको सेरापाटामा रहेको नन्दादेवी माध्यमिक विद्यालयलाई पार्टीको तर्फबाट ५० हजार नगद सहयोग गरेका छन ।

शुक्रवार विद्यालयको नयाँ भवन उद्घाटनका क्रममा विद्यालयमा बत्ति जोडनका लागि नगद ५० हजार सहयोग गरेका हुन ।

प्रवक्ता प्रकाण्डलाई विद्यालय प्रशासनले विद्यालयमा बत्ति नहुदा समस्या भएको जानकारी दिएपछि प्रवक्ताले पार्टीको तर्फबाट सानो भएपनि सहयोग गरेको नेकपाले जनाएको छ । प्रवक्ता प्रकाण्डले नगद रकम विद्यालय प्रशासनलाई कार्यक्रममै हस्तान्तरण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।