२५ पुष २०८१, बिहीबार

दलाल पुँजीवाद अन्त्यका लागि ढोका खुलिसकेको छः कृति सी

0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य तथा उपत्यका व्यूरो इन्चार्ज कृति सीले दलाल पुँजीवादको अन्त्य गर्न ढोका खुलिसकेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित चार जिल्लाको संयुक्त वैचारिक÷राजनीतिक प्रशिक्षण कार्यक्रममा प्रशिक्षण मन्तव्य राख्दै कृतिले दलाल पुँजीवाद अन्त्यको ढोका खुलिसकेको बताएका हुन् ।

दलाल पुँजीवाद ढल्न लागेको भएपनि त्यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति तयार भइ नसकेको उनको भनाई थियो ।
उनले भने ‘दलाल पुँजीवाद ढाल्नका लागि ढोका खुलिसकेको छ । तर परिस्थिति तयार भएको छैन । परिस्थिति तयार पार्न पार्टीले जनसम्बन्ध विस्तार अभियान चलाएको छ । त्यसका लागि जनस्तरमा संगठनहरु बलियो बनाउनुहोस् । सबै पार्टी सदस्यहरुलाई सक्रियतासाथ अभियानमा लाग्न प्रेरित गर्नुहोस् ।’

देश र विदेशका सबै घटनाक्रमलाई नियालेर आफ्नो पार्टी नेपाली विशेषताको समाजवादका लागि संघर्ष गरिरहेको उनको भनाई थियो ।
उनले नेपाली जनता चरम निराशामा रहेको भन्दै पार्टीले निराशाको चेतनालाई संघर्षमा जोड्नुपर्नेमा जोड दिए ।

नेता कृतिले नेपालमा गोलभेडा विक्रि भएन भनेर किसान गोलभेडा सडकमा फालिरहेको र दुध विक्रि भएन भनेर सडकमा दुघ पोखिरहेको बताए । उनले भने, ‘यो निराशाको चेतना हो । हामीले निराशाको चेतनालाई संघर्षको चेतनामा रुपमान्तरण गर्नुपर्छ । गोलभेडा विक्रि भएन भने कृषि कार्यालय घेराउन गर्ने हो । विदेशबाट आयातित गोलभेडा, दुःध विक्रि वितरणमा रोक्ने हो । यसले हामीलाई फाइदा गर्छ । सडकमा फाल्यो भने आफूलाई घाटा, दलाललाई फाइदा हुन्छ ।’

उनले पछिल्ला केही बर्ष अमेरिका कुनै पनि घटनामा सफल हुन नसकेपछि अन्तिम प्रयोगका रुपमा नेपाल आएको बताए । उनले अमेरिका तालिवानाबाट धुलो चाटेर भागेको भन्दै युक्रेनलाई बोकेर रसियासँग लड्न खोज्दा पराजित भएको बताए ।
उनले भने, ‘यता इजरायललाई उचाल्दै विश्वभरबाट नाङ्गीयो । चीनलाई घेर्न अन्तिम विकल्पका रुपमा एमसीसीमार्फत नेपालमा प्रबेश गरेको छ । हामीले त्यसलाई रोक्नुपर्छ ।’

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला नम्बर १ की इन्चार्ज भृकुटी सीले पनि प्रशिक्षण मन्तव्य राखेकी थिइन । काठमाडौं जिल्ला नम्बर ४ का इज्चार्ज सुरेन्द्र सीको अध्यक्षमा सुरु भएको कार्यक्रममा गणतान्त्रिक सम्र्पक मञ्चका रत्न सीले उपस्थित सबैलाई स्वागतमार्फत स्वागत गरेका थिए । कार्यक्रमको संचालन इच्छुक सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।