२५ पुष २०८१, बिहीबार

अमेरिकाको स्वार्थमा नेपाली भूमी प्रयोग गर्न दिनुहुदैनः विप्लव सी

0

कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले अमेरिकी साम्राज्यवादको स्वार्थमा नेपाली भूमी प्रयोग हुन दिन नहुने बताएका छन ।

नेकपा पश्चिम कपिलबस्तुले शुक्रवार चन्द्रौटामा आयोजना गरेको “वर्तमान राष्ट्रिय संकट र समाधान” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव विप्लवले यस्तो कुरा बताएका हुन ।

उनले अमेरिकाका लागि सैन्य दृष्टिकोणले नेपाली भूमी ठिक भएपनि नेपाली जनताको लागि कुनै पनि हिसावले ठिक नहुने बताए ।
उनले भने “नेपालको जमिन अमेरिकालाई सैन्य दृष्टिकोणले ठिक हो । अमेरिकी स्वार्थको लागि ठिक हो । तर नेपाल र नेपाली जनताका लागि ठिक होइन । अमेरिकी स्वार्थको लागि नेपाली भूमी प्रयोग हुन दिनु हुदैन ।”

महासचिव विप्लवले अमेरिका एमसीसी मार्फत हस्तक्षेप बढे पछि चीनले पनि आफ्नो हस्तक्षेप बढाएको बताए ।
उनले पोखरा विमानस्थल देखि नेपालका केही महत्वपूर्ण चीनले सहयोग गरी बनेका आयोजनाहरु विआरआईका हुन भनेर भन्न थालेको बताए ।

उनले यो स्थितिले नेपाल युद्धको रणमैदान बन्ने सम्भावना भएको भन्दै कुनै पार्टी नभनि सबै नेपाली भएर देशको रक्षाको लागि सोच्नुपर्ने बताए ।
उनले नेपालमा असफल संसदीय व्यवस्थाले जनताको निकास दिन नसक्ने आफ्नो पार्टीले पहिले नै भनिरहेको भएपनि अहिले आएर पुष्टि भएको दाबी गरे ।

महासचिव विप्लवले देशमा व्यवस्था सम्वन्धि ३ वटा दृष्टिकोणको बारे वहस भएपनि समाजवादी दृष्टिकोण नै अहिलेको संकटको निकास हुने ठोकुवा गरे ।
उनले भने “एउटा राजा सहितको २०४७ सालको संविधान व्यूझाउने छ । अर्को व्यवस्था ठिक पार्टी र नेता बदल्नु पर्छ भनेर रवीले भन्ने कुरा छ र अर्को राजनीतिक स्थिरताका लागि समाजवादी व्यवस्थामा जानुपर्ने भन्ने दृष्टिकोण हाम्रो छ । तर पछाडि फर्केर हुदैन । अगाडि बढनुपर्छ ।”

महासचिव विप्लवले अहिलेको दलाल संसदीय व्यवस्थामा चाहेर पनि जनताको सेवा दिन नसक्ने अवस्था रहेको बताए ।
उनले ऐन र कानुन पुराना भएको र जनताको सेवामुखी नभएकाले जनताले सेवा पाउन नसकेको जिकीर गरे ।

महासचिव विप्लवले समाजवादी व्यवस्था र समाजवादी ऐन र कानुन नबनाए सम्म नेपाली जनताको अवस्था परिवर्तन नहुने ठोकुवा गरे ।
उनले भने “सरकारकै मान्छेहरु कानुनले अफ्ठेरो भयो भन्छन । पुराना कानुन छन भन्छन । म झापा देखि बझाङ,जाजरकोट,रुकुम लगायका जिल्ला पुगे । जता पनि व्यवस्थाबाट असन्तुष्टि छ । कानुनले अफ्ठेरो पर्यो भनिन्छ ।”

महासचिव विप्लवले जनताको सेवा गर्ने कानुन नबनाए सम्म जनताको अवस्था परिवर्तन र जनसेवा नहुने पनि बताए ।
अन्तरक्रिया कार्यक्रममा चन्द्रौटा बजारका उद्योगी व्यवसायी,शिक्षक कर्मचारी बुद्धिजीवी लगायतका बौद्धिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।