३० बैशाख २०८१, आईतवार

युवा संगठन नेपालद्वारा विवेक सीका हजुरबुवाको निधनप्रति दु:ख व्यक्त

0

युवा संगठन नेपालले संगठनका केन्द्रीय सदस्य तथा पुर्वी नारायणी र पश्चिम नारायणी ब्युरो इन्चार्ज विवेक सीका हजुरबुवा (बाजे) मुने कामीको असमाहिक निधनप्रति दु:ख व्यक्त गरेको छ ।

युवा संगठन नेपाल चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक पाटन जंगली सीले शाेक वक्तव्य जारी गरी संगठनका केन्द्रीय सदस्य तथा पुर्वी नारायणी र पश्चिम नारायणी ब्युरो इन्चार्ज विवेक सीका हजुर बुवा (बाजे) मुने कामीको असमाहिक निधनले स्तब्ध बनाएको उल्लेख गरेका छन् ।
यस दु:खको घडीमा मृतक हजुर बुवा मुने कामीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तब्ध परिवारजनमा गहिरो सम्वेदना प्रकट गरेका छन् ।

बाजे मुने कामीको निधनले पार्टी पङ्ती, सिंगै समाज र घरपरिवार तथा इस्टमित्रहरुमा अपूरणीय क्षेती पुगेको
बताइएको छ ।
शाेक वक्तव्यमा भनिएको छ, ‘आठबिसकोट नगरपालिका ११ चिसापानी, पश्चिम रुकुम बस्दै आउनु भएका ६२ वर्षिय आदरणीय हजुर बुवा मुने कामी लामो समयदेखि दिर्घ रोगबाट पीडित हुनु हुन्थ्याे । केहीदिन अघि गएको विनासकारी भुकम्पको प्रभाव र अत्याधिक चिसोका कारण २०८० मंसिर १४ गते असमाहिक निधन हुन पुगेको छ ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।