१६ बैशाख २०८१, आईतवार

युवा संगठन नेपालद्धारा मुने कामीको निधनप्रति गहिरो दुख व्यक्त गर्दै श्रद्धाञ्जली

0

दाङ । युवा संगठन नेपाल केन्द्रीय समितिले आफ्नो संगठनका केन्द्रीय सदस्य तथा पूर्वी र पश्चिम नारायणी व्यूरो इन्चार्ज विवेक सीका हजुर बुवा मुने कामीको असमायिक निधन भएको घटनाप्रति स्तव्ध भएको जनाएको छ ।

संगठनका केन्द्रीय सम्मेलन आयोजन समितिका अध्यक्ष पाटन जंगलीले शुक्रवार एक शोक बक्तव्य जारी गर्दै हजुर बुवाको निधनले संगठनलाई स्तव्ध बनाएको जनाएका हुन ।

युवा संगठनले जारी गरेको शोक बक्तव्यमा आठबिसकोट नगरपालिका ११ चिसापानी, पश्चिम रुकुम बस्दै आएका ६२ वर्षीय मुने कामी लामो समयदेखी दिर्घरोगबाट पिडित भएको र बिनासकारी भुकम्पको प्रभाव र अत्याधिक चिसोका कारण मंसिर १४ गते उनको असमायिक निधन भएको उल्लेख गरेको छ ।

संगठनले हजुर बुवाको निधनले पार्टीपंक्ति, सिंगै समाज,घरपरिवार तथा इष्टमित्रहरुमा अपूरणीय क्षेति पुगेको भन्दै गहिरो समवेदना प्रकट गरेको छ । युवा संगठनले जारी शोक वक्तव्य मार्फत मृतक हजुर बुवाप्रति हार्दिक श्रद्धाञ्जली पनि व्यक्त गरेको छ ।

शोक वक्तव्यको पूर्णपाठ


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।