३० बैशाख २०८१, आईतवार

दलाल पूँजीवादले कसैको समस्या समाधान गर्दैनः मसालका नेता पाण्डे

0

कपिलबस्तु । नेकपा मसालका कपिलवस्तु सचिव हेमलाल पाण्डेले दलाल पूँजीवादी व्यवस्थाबाट कसैको समस्या समाधान नहुने बताएका छन ।

नेकपा पश्चिम कपिलवस्तुले शुक्रवार चन्द्रौटामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका बोल्दै सचिव पाण्डेले यस्तो कुरा बताएका हुन ।
उनले भने “यो दलाल पूँजीवादी व्यवस्था हो । यसले किसान,उद्योगी,व्यापारी,व्यवसायी कसैको उत्थान गर्दैन ।”

नेता पाण्डेले दलाल व्यस्थाको चरित्र नै समाजमा शोषण गर्नु भएको बताए । उनले यो व्यवस्थामा रहेर समाजवाद नआउने बताउदै समाजवादका लागि माओवादीधारहरु मात्र नभएर सबै कम्युनिष्टहरु एकतावद्ध हुनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।