४ आश्विन २०८१, शुक्रबार

राष्ट्रिय स्वाधीनताको रक्षाका लागि समाजवादको विकल्प छैनः शुशिल सी

0

हुम्ला । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य शुशिल सीले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि समाजवादको विकल्प नभएको बताएका छन ।
हुम्लाको सर्केगाडमा उत्तर कर्णाली ब्यूरोको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै स्थायी समिति सदस्य शुशिल सीले यस्तो कुरा बताएका हुन ।

नेता शुशिलले नेपालको राष्ट्रिय संकटको अग्रगामी निकास नै नेपाली विशेषताको समाजवाद भएको जिकिर गरे ।

‘अमेरिकी हस्तक्षेप एमसीसी मार्फत तिव्र भएको छ,सैन्य अखडा राख्न अमेरिका लागि परेको छ’ स्थायी समिति सदस्य शुशिलले भने, ‘यो साम्राज्यवादी हस्तक्षेप हो, यसका विरुद्ध सबै कम्युनिष्ट,क्रान्तिकारी,प्रगतिशील,देशभक्त शक्तिहरु एकतावद्ध भएर राष्ट्रिय स्वाधीनताको रक्षाको लागि समाजवादमा जानुपर्छ ।’

नेता शुशिलले नेपालमा अग्रगामी निकासको मार्गचित्र नेपाल कम्युनिष्ट पार्टीसंग मात्र भएको र यसले मात्र नेपालको दिर्घकालिन समाधान दिने दाबी गरे ।

उनले दलाल संसदीय व्यवस्थाबाट नेपाल र नेपाली जनताले दुख पाउने र देशकै अस्तित्व कालान्तर नरहने अवस्था आएको बताए ।
उनले संसदवादी दलहरुले अमेरिकी हस्तक्षेपको विरोध गर्न नसकेर एमसीसीको पैसा खाएर गुलाम बनेको आरोप लगाए ।

एमसीसी ठिक छ भन्नेहरु, विकासको योजना हो भनेर भन्नेहरु,अहिले गुमनाम भएको भन्दै दलालहरुले पैसा खाएकै बलमा एमसीसीको वकालत गरेको खुलासा गरे ।

उनले कार्यकर्तालाई पार्टीको योजनामा सक्रियतापूर्वक कार्यान्वयन गर्न पनि निर्देशन दिए । प्रशिक्षण कार्यक्रममा नेकपाका उत्तर कर्णाली व्यूरो इन्चार्ज संगम सीले ब्यूरोमा संचालित समाजावादी मार्च अभियानलाई सफल बनाउनुपर्ने बताए ।

उनले संगठन विस्तारसंगै आत्मनिर्भर अर्थतन्त्रको लागि पार्टी कार्यकर्ता लाग्नुपर्ने बताए । कार्यक्रममा जुम्ला,मुगु र हुम्ला जिल्लाका सयबढी नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

नेकपाका केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज क्षितिजको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रमको संचालन हुम्ला जिल्ला सेक्रेटरी विश्वदिप सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।