४ आश्विन २०८१, शुक्रबार

‘पक्राउ पूर्जी काण्ड’ प्रतिगामीहरुको षड्यन्त्र होः प्रकाण्ड सी

0

दैलेख । नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता प्रकाण्ड सीले देशी विदेशी प्रतिगामीको षड्यन्त्रले अदालतको पक्राउ पूर्जी काण्ड बाहिर आएको खुलासा गरेका छन ।

नेकपा दैलेख जिल्लाको पार्टी प्रशिक्षण कार्यक्रमलाई मंगलबार दैलेख बजारमा सम्बोधन गर्दै नेकपाका प्रवक्ता प्रकाण्ड सीले यस्तो खुलासा गरेका हुन ।

उनले नेपालमा शान्ति र स्थिरता नचाहने र नेपाललाई द्धन्द्धमा धकेल्ने देशी विदेशी दलाल,प्रतिगामी तथा साम्राज्यवादी शक्तिहरुले पक्राउ पूर्जीको षड्यन्त्र गरेको बताए ।

प्रवक्ता प्रकाण्डले सरकारसंग भएको ३ बुँदे सहमति विपरित जिल्ला अदालत काठमाडौंले गरेको आदेश नेपाल राष्ट्र र जनताको हितमा विल्कुलै नभएको भन्दै नेपाल कम्युनिष्ट पार्टीलाई मात्र होइन आम नेपाली जनतालाई पनि स्वीकारे नहुने चुनौती दिए ।

उनले नेपाल कम्युनिष्ट पार्टी नेपाली राजनीतिमा दलाल संसदीय व्यवस्थाको विकल्पको शक्तिको रुपमा उभिएपछि प्रतिक्रान्तिकारी,प्रतिक्रियावादी,प्रतिगामी तथा साम्राज्यवादी शक्तिहरुले नेकपा माथि विभिन्न षड्यन्त्र गर्न थालेको दाबी गरे ।

‘यो दलाल संसदीय पूँजीवादी व्यवस्थाको समस्या हो,परिवर्तनकारी क्रान्तिकारी शक्ति र जनतामाथि यो व्यवस्थामा षडयन्त्र हुन्छ’ प्रवक्ता प्रकाण्डले भने, ‘कुनै पनि हालतमा दलाल व्यवस्थाको षड्यन्त्र खारेजी गर्नु पर्छ, यो व्यवस्थालाई बदलेर नेपालमा नेपाली विशेषताको समाजवादी व्यवस्थाको स्थापना गर्नुपर्छ ।’

प्रवक्ता प्रकाण्डले अदालतको अराजक र विध्वंशकारी आदेश खारेज हुनुपर्ने र ३ बुँदे सहमति राज्यका सबैअंग जिम्मेवार भएर कार्यन्वयन गरिनु पर्ने माग गरे । उनले यदि त्यसो नगरिए त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार राज्य र राज्य संचालक हुनुपर्ने चेतावनी पनि दिए ।

उनले अदालतको विध्वंशकारी आदेश विरुद्ध पार्टीले संघर्षको कार्यक्रम समेत घोषणा गरेकाले सबै पार्टी नेता कार्यकर्तालाई संघर्षका कार्यक्रममा सहभागी हुन निर्देशन दिए ।

प्रवक्ता प्रकाण्डले जनतालाई ज्यूदै मर्न बाध्य बनाउने दलाल संसदीय व्यवस्थाका कारण लाखौं नेपाली युवाहरु विदेशिएको र जसका कारण दिनहु नेपालको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली युवाहरुको लासहरु आउने गरेको बताए ।

प्रवक्ता प्रकाण्डले नेपाली युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेण्टी गर्ने व्यवस्था समाजवाद मात्र हुने र त्यस्तो व्यवस्थामा मात्र विदेशीएका युवा पनि नेपाल आउने र अर्काको देशमा अकालमा मर्नु नपर्ने बताए ।

प्रशिक्षण कार्यक्रमका नेकपाका मध्यकर्णाली व्यूरो इन्चार्ज विवेक सी,दैलेख जिल्ला इन्चार्ज कलम सी लगायत जिल्ला स्तरका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।