४ आश्विन २०८१, शुक्रबार

पक्राउ पूर्जी जारी द्धन्द्ध निम्त्याउने षड्यन्त्र होः भरत सी

0

कैलाली । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले नेकपाका महासचिव,प्रवक्ता लगायतका नेताहरुको नाममा पक्राउ पूर्जी जारी गर्नु नेपालमा द्धन्द्ध निम्त्याउने षड्यन्त्र भएको बताएका छन ।

नेकपा कैलाली जिल्लाको पार्टी प्रशिक्षण कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा मंगलबार सम्वोधन गर्दै स्थायी समिति सदस्य भरत सीले यस्तो कुरा बताएका हुन ।

उनले पक्राउ पूर्जाीको घटनाले देशको स्थिति विष्फोट तिर गएको बताए । उनले प्रतिगामीहरुको षड्यन्त्रलाई क्रान्तिकारीहरुले कडा प्रतिरोध गर्नु पर्ने चेतावनी दिए । उनले भने ‘नेता माथि पक्राउ पूर्जी जारी गरेर द्धन्द्ध निम्त्याउने षड्यन्त्र भएको छ । क्रान्तिकारीहरुले प्रतिरोध गर्नुपर्छ ।’

नेता भरत सीले पार्टीको सहि विचारलाई जनतासंग जोड्न नेता र कार्यकर्ता परिश्रमि,कुशल र सक्षम हुनुपर्ने विचार राखे । कार्यक्रमको संचालन र अध्यक्षता नेकपा कैलाली जिल्ला इन्चार्ज प्रकाश सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।