६ जेष्ठ २०८१, आईतवार

ब्यूरो स्तरिय संयुक्त स्कुलिङ्ग कार्यक्रमको समापन

0

कैलाली । नेपाल कम्युनिष्ट पार्टी सेती र महाकाली ब्यूरोले आयोजना गरेको एक हप्ते संयुक्त स्कुलिङ्ग कार्यक्रम समापन भएको छ । जिल्लाको घोडाघाडीमा आयोजित स्कुलिङ्ग कार्यक्रमको सोमबार एक कार्यक्रमका बिच समापन गरिएको हो ।

स्कुलिङ्ग समापन कार्यक्रममा नेकपाका केन्द्रीय स्कुलिङ्ग विभागका इन्चार्ज भरत सीले बोल्दै स्कुलिङ्ग निकै महत्पूर्ण र फलदायी भएको बताए । नेकपाका स्कुलिङ्ग विभागका प्रमख भेसराज सीले स्कुलिङ्गले अध्ययनको लागि महत्वपूर्ण ढोका खोलेको बताए ।

स्कुलिङ्गमा सहभागी नेकपा पिविएम विकल्प,सुनिता लगायतका १२ जनाले सुझाव दिदै स्कुलिङ्गले महत्वपूर्ण सिकाई गरेको अनुभब सुनाएका थिए ।
स्कुलिङ्गमा दर्शन र पार्टीका संश्लेषणकाबारे भरत सी, अर्थशास्त्रकाबारे ध्रुव सी,बैज्ञानिक समाजवादकाबारे डबल सी, भौतिक विज्ञान बारे असल सी र प्रयास सीले विद्यागत कक्षा लिएका थिए । पार्टी स्कुलिङ्गमा सेती तथा महाकाली ब्यूरोका १४ जिल्लाका इन्चार्ज तथा सेक्रेटरीहरुको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।