४ आश्विन २०८१, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी झापाद्धारा सडकमा मशाल जुलुस प्रदर्शन

0

झापा । नेपाल कम्युनिष्ट पार्टी झापाले काठमाडौ जिल्ला अदालतको आदेश विरुद्ध आज साँझ सडकमा मशाल जुलुस प्रदर्शन गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव, पार्टीका प्रवक्ता प्रकाण्ड सहितका नेताहरु माथि पक्राउ पूर्जी जारी गरिएको विरोधमा नेकपाका कार्यकर्ताहरुले सडकमा मशाल जुलुस प्रदर्शन गरेका हुन

नेकपाका सयौ नेता कार्यकर्ताले जिल्लाको दमकमा अदालतको आदेश खारेज गर ! ३ बुँदे सहमति लागु गर ! भन्दै चर्का चर्का नारा लगाएर मसाल जुलुस निकालेका छन । मशाल जुलुस बजार परिक्रमण गर्दै कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्यूरो इन्चार्ज सुमनसिंहले प्रतिगामीहरु आगोसँग खेल्न खोजे खरानी हुने चेतावनी दिए ।

उनले दलाल राज्यसत्ता परिवर्तनको निमित्त बलिदान गर्न तयार भएर हिँडेका सिपाहीहरुलाई नजिस्काउन चुनौती दिए । नेता सुमनसिंहले दलालहरुको इशारामा तीनबँुदे सहमति विपरीत पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशलाई जनताबाटै कार्वाही गरिनुपर्ने बताए ।

उनले दलालहरुले राष्ट्रघात र जनघात गरिरहेको, एनसेललाई उन्मुक्ति दिइरहेको र क्रान्तिकारी माथि उल्टै पक्राउ पुर्जी जारी गरिरहेको जस्ता घटनाहरुले नेपाली जनतालाई गम्भीर बनाउको भन्दै दलालहरुका विरुद्ध एकभएर संघर्ष गर्नुको विकल्प नभएको बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।