३१ बैशाख २०८१, सोमबार

कपिलबस्तुको चन्द्रौटामा पक्राउ पूर्जी विरुद्ध मशाल जुलुस प्रदर्शन

0

कपिलवस्तु  । नेपाल कम्युनिस्ट पार्टीले कपिलवस्तुले चन्द्रौटा बजारमा आज साँझ मशाल जुलुस प्रदर्शन गरेको छ ।

जिल्ला अदालत काठमाडौंले सोमबार नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगायतका नेता माथि पक्राउ पूर्जी जारी गरेको विरुद्ध मशाल जुलुस प्रदर्शन गरेको हो ।

मशाल जुलुसमा नेकपाका जिल्लातहका नेता तथा कार्यकर्ताहरुको उल्लेखिय सहभागिता रहेको थियो । मशाल जुलुसमा प्रहरीले केही समय धकेला धकेल गर्दै अबरोध गर्ने कोशिस गरेको थियो ।

तर जुलुसले कुनै प्रभाव नगरी अगाडि बढदै गर्दा प्रहरी भने पछाडि हटेको थियो । मशाल जुलुस बजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई नेकपा पश्चिम कपिलवस्तुका इन्चार्ज हेमन्त सीले सम्बोधन गर्दै दलाल संसदीय व्यवस्थाको गलत रबैयाका कारण ३ बुँदे सहमतिको उल्लंघन गरेको बताए ।

उनले अदालतले गरेको निर्णय प्रतिगामी तथा साम्राज्यवादी डिजानईमा भएको हुनसक्ने आशंका व्यक्त गरे । नेकपाका जिल्ला सचिव पावेल सी लगायतका सयौ नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

नेकपाले ३ बुँदे सहमति र शान्ति प्रक्रियाका विरुद्ध जिल्ला अदालत काठमाण्डौले पक्राउ पूर्जी जारी गरेकोमा गम्भीर आपत्ति जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।