३१ बैशाख २०८१, सोमबार

दाङको तुलसीपुरमा पक्राउ पूर्जी विरुद्ध मशाल जुलुस प्रदर्शन

0

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले तुलसीपुरमा आज साँझ मशाल जुलुस प्रदर्शन गरेको छ । नेकपाका नेताकार्यकर्ताले तुलसीपुरको विपी चोक, बिरेन्द्र चोक लगायतका स्थानमा मशाल जुलुस प्रदर्शन गरेका हुन् ।

नेकपा पश्चिम दाङले पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी लगाएतका नेताहरु माथि काठमाडौं जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जीको चर्को बिरोध गर्दै मशाल जुलुस प्रदर्शन गरेको हो ।

मशाल जुलुस प्रदर्शनमा नेकपाका नेताकार्यकर्ताले कथित पक्राउ पुर्जी खारेज गर ! नेकपा जिन्दावाद ! एकीकृत जनक्रान्ती जिन्दावाद ! तीन बुँदे सहमति कार्यान्वयन गर ! दलाल सत्ता मुर्दावाद ! लगायतका नाराहरु लगाईएका थिए ।

तुलसीपुरको सुनिल स्टेशनरी चोकबाटसुरु भएको मशाल जुलुस विपि चोक हुँदै वीरेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई नेकपाका केन्द्रीय सदस्य तथा पार्टीका पश्चिम दाङ जिल्ला इन्चार्ज प्रदिप सीले सम्बोधन गर्दे अदालतले पार्टीका महासचिव लगायतका नेताहरु विरुद्ध जारी गरेको पक्राउ पुर्जी प्रतिशोधको भावनाका साथ मुलूकलाई युद्धमा धकेल्ने षड्यन्त्र भइरहेको बताए ।

उनले पार्टी र सरकारबिच भएको तीन बुँदे सहमतिको अदालतले गम्भीर उल्लंघन गरेको भन्दै यथाशिघ्र खारेजीको माग गरे ।

उनले भने, “अदालतको ढोकाबाट देशलाइ भड्खालोमा हाल्न खोजिएको छ । तीन बुँदे सहमति कार्यान्वयन भएन भने हामी नयाँ ढंगको आन्दोलन गर्छौं । हाम्रो पार्टी तीन बुँदे सहमति प्रति इमानदार छ । हामी सहमतिको पूर्ण पालना गरिरहेका छौँ, तर राज्यले सहमति तोड्न खोजिरहेको छ ।”

नेता प्रदिपले देशको आमूल परिवर्तनका लागि समाजवाद भन्दा अरु विकल्प नभएको पनि बताए । कोणसभाको सहजीकरण नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्य निर्मल सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।