३१ बैशाख २०८१, सोमबार

काठमाडौंको असनमा भब्य मसाल जुलुस

0

काठमाडौं । नेकपा महासचिव विप्लव सी सहितका नेताहरूका बिरूद्ध अदालतले जारी गरेको पक्राउ पूर्जीको विरोधमा काठमाडौंमा भब्य मसाल जुलुस प्रदर्शन गरिएको छ । नेकपाको केन्द्रीय योजना अनुसार काठमाडौं जिल्ला नम्बर १ ले भब्य मसाल जुलुस सहित प्रदर्शन गरेको हो ।
काठमाडौंको थहिठीबाट सुरू भएको मसाल जुलुस इन्द्र चोक, असन हुँदै भोटाहिटीमा पुगेर कोणसभामा परिणत भएको थियो । नेकपा केन्द्रीय सदस्य तथा श्रमिक समुदाय मोर्चाका अध्यक्ष रामलाल सीले कोणसभालाई सम्बोधन गर्दै गर्दा प्रहरले बिथोल्न खोजेको थियो ।

नेकपा केन्द्रीय सदस्य भृकुटी सीले चर्का नारा लगाएपछि प्रहरी पछाडि हटेको थियो । आगलागी हुने डरले आफूहरुले आगो निभाउन खोजेको प्रहरीले प्रतिक्रिया दिएको छ ।

मसाल जुलुसमा नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला नम्बर १ की ईन्चार्ज भृकुटी सी, केन्द्रीय सदस्य तथा श्रमिक सामुदाय मोर्चाका अध्यक्ष रामलाल सी, केन्द्रीय सदस्य ज्ञानुसी लगायतको उपस्थिति रहेको थियो ।

सोमबार काठमाडौं जिल्ला अदालतले नेकपा महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी, पोलिटब्युरो सदस्य माईला सी लगायतका नेताहरूलाई ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।