४ आश्विन २०८१, शुक्रबार

नेकपा बाँकेद्धारा नेपालगंजमा मशाल जुलुस प्रदर्शन

0

बाँके । नेपाल कम्युनिष्ट पार्टी बाँकेले आज साँझ नेपालगंजमा मशाल जुलुस प्रदर्शन गरेको छ ।

जिल्ला अदालत काठमाडौंले महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड लगायतका नेता माथि पक्राउ पूर्जी जारी गरेको विरोधमा मशाल जुलुस प्रदर्शन गरेको हो ।

नेकपाले नेपालगंजको औद्योगिक क्षेत्रबाट सुरु गरेको मशाल जुलुस विपि चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई नेकपाका केन्द्रीय सदस्य तथा उत्तर बाँके जिल्ला इन्चार्ज रणदिप सीले सम्बोधन गर्दै ३ बुँदे सहमति कार्यान्वय गरिनुपर्ने माग गरे ।
उनले अदालतको आदेश प्रतिगामी र परिवर्तन विरोधी हर्कत भएको भन्दै पक्राउको आदेश बदर गरिनु पर्ने बताए ।

नेता रणदिपले मशाल जुलुस प्रदर्शनमा सहभागी सबैलाई धन्यवाद पनि दिए । विरोध प्रदर्शनमा नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण बाँके जिल्ला इन्चार्ज शेखर सी,केन्द्रीय सदस्य नारायण सी लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।