३१ बैशाख २०८१, सोमबार

अदालतको पक्राउ पूर्जी विरुद्ध नेकपा ललितपुरको मशाल जुलुस

0

ललितपुर। नेपाल कम्युनिष्ट पार्टी ललितपुरले काठमाडौं जिल्ला अदालतको पक्राउ पूर्जी विरुद्ध साँझ मशाल जुलुस प्रदर्शन गरेको छ ।

जिल्लाको लगनखेलमा नेकपाका नेता तथा कार्यकर्ताहरुले अदालतको आदेश विरुद्ध चर्का नारावाजी गर्दै मशाल जुलुस प्रदर्शन गरेका हुन ।

जिल्ला अदालतले सोमबार नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी लगायतका नेताहरुलाई पक्राउ पूर्जी जारी गरेको थियो । अदालतको गलत रबैया विरुद्ध नेकपाका नेता कार्यकर्ताले मशाल जुलुस गर्दै सडकमा आएका हुन ।

लगनखेलमा भएको मशाल जुलुसमा नेकपा केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज विपिन सी लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

मशाल जुलुस पछिको कोणसभामा बोल्ने नेताहरुले अदालतको कदम प्रति घोर आपत्ति जनाउदै ३ बुँदे सहमति उल्लंघन गरेर शान्ति प्रक्रिया भाँड्न खोजेको आरोप लगाएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।