४ आश्विन २०८१, शुक्रबार

क्रान्तिकारी यातायात मजदुर संघद्धारा २० बर्षे ट्याक्सी चल्न रोक लगाउने निर्णयको विरोध

0

काठमाडौ । अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघ अन्तरगतको पेशागत घटक अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघले २० बर्षे ट्याक्सी बाग्मती र गण्डकी प्रदेशमा चल्न रोक लगाउने निर्णयको गम्भीर आपत्ति जनाउदै विरोध गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष लालबहादुर सीले मंगलबार एक प्रदेश विज्ञप्ति जारी गरी २० बर्षे ट्याक्सी चल्न नदिने निर्णयले स्वरोजगार मजदुर मर्कामा परेको भन्दै आपत्ति जनाएका हुन ।

क्रान्तिकारी यातायात मजदुर संघले मुठ्ठीभर दलालहरुको फाईदाका लागि ल्याएको नीति तुरुन्त खारेज गरिनुपर्ने माग गरेको छ ।

क्रान्तिकारी यातायात मजदुर संघले जारी विज्ञप्तिमा भनेको छ ‘जनु देशमा सियो बन्दैन त्यो देशमा २० बर्षे पुरानो गाडिलाई चल्न नदिने भनेको हाम्रो देशलाई कंगाल बनाउनु हो । स्वइच्छा आफ्नो गाडि कन्डिसनमा राखि चल्ने बातावरण बनाईहोस् । मुठ्ठीभर दलालको फाईदाको लागि ल्याएको नीति तुरुन्त खारेज गरिहोस् ।’

क्रान्तिकारी यातायात मजदुर संघलले स्वरोजगार मजदुरहरुको कुनैपनि व्यवस्थापन नगरी एकलौटी ढंगले मजदुर मार्ने नीति आएको बताएको छ ।
उसले टाटा कम्पनीको कमिशनको प्रलोभनमा परी इ भी गाडि मात्र दिने सिन्डिकेट ल्याइएको जनाएको छ ।

क्रान्तिकारी यातायात मजदुर संघले आम स्वरोजगार मजदुरले किन्न सक्ने सस्तोमा जुनसुकै कम्पनीको गाडि प्रतिस्पर्धामा ल्याई मजदुरलाई सहयोग गर्न सरकार समक्ष आग्रह गरेको छ ।

क्रान्तिकारी यातायात मजदुर संघले इभी गाडि महंगो ३७ लाख सम्म पर्ने भएकाले मजदुरहरुले मासिक ५२ हजार किस्ता तिरेर किन्न नसक्ने भएको भन्दै सस्तो कम्पनीको गाडि आयात गरी व्याजदर पनि सस्तो गर्न माग गरेको छ ।

क्रान्तिकारी यातायात मजदुर संघले सरकारले आफ्ना मागहरुको सुनुवाई नगरे संघर्षमा उत्रिन बाध्य हुने र आउने परिस्थितिको जिम्मेवार सरकार हुनुपर्ने चेतावनी पनि दिएको छ ।

विज्ञप्तिको पूर्णपाठ


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।