४ आश्विन २०८१, शुक्रबार

पूर्बी र पश्चिम उदयपुद्वारा मशाल जुलुश प्रदर्शन

0

उदयपुर । नेपाल कम्युनिस्ट पार्टी पूर्वी र पश्चिम् उदयपुर जिल्लाले सदरमुकाम गाईघाटमा संयुक्त मशाल जुलुस प्रदर्शन गरेको छ ।

नेकपाले ३ बँुदे सहमति कार्यान्वयन गर,कथित पक्राउ पूर्वी खारेज गर,झुट्टामुद्धा खारेज गर, राजबन्दी रिहा गर र षड्यन्त्रकारी दलाल सरकार मुर्दावाद भन्दै चर्का नारा लगाउदै मशाल जुलुस प्रदर्शन गरेको गरेको हो ।

जिल्ला अदालत काठमाडौले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी लगायतका नेताहरुलाई सोमबार गरेको जारी पक्राउ पूर्जी विरुद्ध देशभर संघर्षको कार्यक्रम अन्तरगत मशाल जुलुस गरेको हो ।

मशाल जुलुसमा नेकपा केन्द्रीय प्रतिनिधि समिति सदस्य मिनप्रसाद सी पुर्बी उदयपुर जिल्ला इन्चार्ज अमृत सी, सेक्रेटरी अनिता सी र पश्चिम उदयपुर जिल्लाका ईन्चार्ज दुर्गा सी लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

निलो पुलबाट सुरु भएको मशाल जुलुस विपि चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

मशाल जुलुस पछिको कोणसभामा बोल्दै पूर्बी उदयपुर जिल्ला ईन्चार्ज अमृत सीले अदालतको आदेश प्रति आपत्ति जनाउदै ३ बुँदे सहमति उल्लंघन गरेर शान्ति प्रक्रिया भाँड्न खोजेको आरोप लगाए ।

उनले फेरि पनि नेपाल कम्युनिस्ट पार्टीलाई युद्धमा धकेल्न खोजे आफुहरुलाई सैह्रय नहुने भन्दै अदालतको गलत रबैयाको विरुद्ध जतिबेला पनि सडकमा तयार भएको बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।